कोरोनाबाट इटलीमा मर्नेको संख्या ७ हजार नजिक

काठमाडौँ। इटलीमा कोरोना संक्रमणबाट मर्नेको संख्या सात हजार निकट पुगेको छ। मंगलबार बेलुकासम्मको तथ्यांक अनुसार कोरोना संक्रमणका कारण ६ हजार ८ सय २० जनाको ज्यान गइसकेको छ।

मंगलबारमात्र ७ सय ४७ जनाको ज्यान गएको छ। अहिलेसम्म इटलीमा ६९ हजार एक सय ७६ जनामा कोरोनाको संक्रमण देखिइसकेको छ। संक्रमितको संख्यामा चीन अझै पहिलो नम्बरमा भए पनि मृतकको संख्यामा इटली पहिलो नम्वरमा पुगेके छ।

संक्रमितको संख्यामा अमेरिका तेस्रो नम्बरमा छ भने स्पेन चौथो नम्बरमा छ। त्यसपछि इरान, फ्रान्स र स्विजरल्याण्ड संक्रमितहरुको संख्या बढीरहेको छ। बेलायतमा पनि तिब्र गतिमा संक्रमण बढेपढि लक डाउनको निर्णय भएको छ। अहिलेसम्म एक लाख ३ हजार ३ सय ३४ जना उपचारपछि निको भएका छन्।

अन्य सम्बन्धित समाचार:  माधव नेपालको प्रष्टीकरणः लोकतन्त्र सुरक्षित गर्न ओलीलाई विश्वासको मत दिएनौं (पूर्णपाठ)