कोरोनाको कहर बढ्दै :१८ हजारको मृत्यु, ४ लाखभन्दा बढी संक्रमित

काठमाडौँ। कोरोना भाइरसबाट विश्वभर संक्रमितको संख्या ४ लाख नाघेको छ। पछिल्लो अपडेट अनुसार कोरोनाबाट संक्रमितको संख्या ४ लाख १८ हजार ३५५ पुगेको छ।

त्यस्तै अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १८ हजार ६११ पुगेको छ।

त्यस्तै अहिलेसम्म कोरोना संक्रमणबाट ठिक हुनेको संख्या एक लाख ८ हजार ३२३ पुगेको छ।

अहिलेसम्म धेरै मृत्यु हुने देशको अवस्था:

इटाली : इटालीमा अहिलेसम ६ हजार ८२० जनाको मृत्यु भएको छ। इटालीको पछिल्लो अपडेट अनुसार २४ घण्टामा इटालीमा ७४३ जनाको मृत्यु भएको छ।
त्यस्तै इटालीमा २४ घण्टामा ५ हजार २४९ जना संक्रमित भएका छन् । योसँगै इटालीमा संक्रमितको संख्या ६९ हजार १७६ पुगेको छ । त्यसैगरी इटालीमा अहिलेसम्म ८ हजार ३२६ जना ठिक भएका छन्।

चीन : चीनमा अहिलेसम्म ३ हजार २७७ जनाको मृत्यु भएको छ। त्यस्तै संक्रमित भएकाको संख्या ८१ हजार १७२ पुगेको छ। अब चीनमा कोरोना संक्रमित, जो अस्पतालमा छन्, उनीहरुको संख्या ४ हजार ७३५ रहेको छ।

स्पेन : स्पेनमा कोरोनाबाट मृत्यु हुनेको संख्या २८०८ पुगेको छ । पछिल्लो २४ घण्टामा ४९७ जनाले ज्यान गुमाएका छन्। त्यस्तै २४ घण्टामा ४ हजार ७४९ जना संक्रमित भएका छन्। योसँगै स्पेनमा कुल संक्रमितको संख्या ३९ हजार ८८५ पुगेको छ।

अन्य सम्बन्धित समाचार:  बाँकेमा कोरोनाबाट थप १२ जनाको मृत्यु

इरान : इरानमा अहिलेसम्म मृतकको संख्या१९ सय ३४ पुगेको छ। त्यस्तै संक्रमितको संख्या २४ हजार ८११ पुगेको छ।

फ्रान्स : फ्रान्समा पछिल्लो २४ घण्टामा २४० जनाको मृत्यु भएको छ। योसँगै फ्रान्समा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ सय पुगेको छ। त्यसैगरी फ्रान्समा कुल संक्रमितको संख्या २२ हजार ३०४ पुगेको छ।

अमेरिका :अमेरिकामा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ६८९ पुगेको छ। त्यसैगरी अहिलेसम्म संक्रमितको संख्या ५३ हजार २८७ पुगेको छ।

बेलायत : बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४२२ पुगेको छ। त्यस्तै संक्रमितको संख्या ८ हजार ७७ पुगेको छ।

नेदरल्याण्डस : नेदरल्याण्डसमा कोरोनाबाट मृत्यु हुनेको संख्या २७६ पुगेको छ। त्यसैगरी कोरोना संक्रमितको संख्या ५ हजार ५६० पुगेको छ।

जर्मनी : जर्मनीमा कोरोनाबाट १५७ पुगेको छ। जर्मनीमा संक्रमितको संख्या ३२ हजार ९८६ पुगेको छ।

स्विटजरल्याण्ड स् स्विटजरल्याण्डमा अहिलेसम्म १२२ जनाको मृत्यु भएको छ। त्यस्तै ९ हजार ८७७ जना कोरोनाबाट संक्रमित भएका छन्।

बेल्जियम : बेल्जियममा अहिलेसम्म १२२ जनाको मृत्यु भएको छ भने ४ हजार २६९ जना संक्रमित भएका छन्।

अन्य सम्बन्धित समाचार:  गण्डकीमा सरकार बनाउने कांग्रेस–माओवादीकाे प्रयास असफल

त्यसैगरी इन्डोनेसियामा ५५ जना, ब्राजिलमा ४६, टर्कीमा ४४, जापानमा ४३, स्वीडेनमा ३६, फिलिपिन्समा ३५, पोर्चुगलमा ३३, डेनमार्कमा ३२, अस्ट्रियामा २८, इक्वेडर र इराकमा २७-२७ जना, क्यानाडामा २६ जना, सान मारिनोमा २१, ग्रीस र इजिप्टमा २०-२० जना, अल्जेरियामा १९, मलेसियामा १६ जना, नर्वेमा १२, रोमानियामा ११ जना र पोल्याण्डमा १० जनाको मृत्यु भएको छ।

दक्षिण एशिया :

भारत : भारतमा अहिलेसम्म ५३६ जना संक्रमित भएका छन् भने १० जनाको मृत्यु भएको छ।

नेपाल : नेपालमा अहिलेसम्म २ जना संक्रमित भएका छन् भने एक जना आइसोलेसनमा छन् भने एक जना ठिक भएका छन्।

पाकिस्तान : पाकिस्तानमा अहिलेसम्म ७ जनाको मृत्यु भएको छ भने कुल ९७२ जना संक्रमित भएका छन्।

बंगलादेश : बंगलादेशमा अहिलेसम्म ४ जनाको मृत्यु भएको छ भने ३९ जना संक्रमित भएका छन्।

अफगानिस्तान : अफगानिस्तानमा अहिलेसम्म एक जनाको मृत्यु भएको छ भने ७४ जना संक्रमित भएका छन्।

श्रीलंका : श्रीलंकामा अहिलेसम्म १०२ जना संक्रमित भएका छन्।

माल्दिभ्स: माल्दिभ्समा अहिलेसम्म १३ जना संक्रमित भएका छन् भने ५ जना ठिक भएका छन्।

भुटान : भुटानमा अहिलेसम्म २ जना संक्रमित भएका छन्।