कोरोना भाइरस लागिहाल्यो भने के गर्ने?

विश्वभरि कोभिड -१९ को संक्रमण बढिरहेको छ। यसैबिच यो रोगबाट पीडितहरु संगका कुराकानीका आधारमा यदि कोरोना भाइरस लागेमा के गर्ने र के नगर्नेबारे यो सानो लेख तयार गरेका छौँ।

होशियार १ यो आगो जस्तै फैलिन्छ।

कोभिड ज्ञढ संक्रमण भएका सियाटल निवासी ट्रेभोर मन्किन भाइरस कत्ति सजिलै फैलिन्छ भनेर चिन्तित थिए।

मार्च १ मा अमेरिकाको सियाटलका ट्रेभोर मन्किन अस्पतालमा एक साथीलाई भेट्न गए।जसलाई पछि ऋइख्क्ष्म्(ज्ञढ भएको पत्ता लाग्यो। बिरामी भेट्दा यद्यपि उनले सबै सही सुरक्षा सावधानी अपनाएका थिए ( उनले गाऊन र अनुहारको मास्क लगाएका थिए र आफ्ना हातहरू राम्ररी धोए तर पनि मन्किन र उनकी श्रीमती दुवैले केही दिनपछि ज्वरोको महशुस गरे र उनीहरुमा ११ तारिखमा कोरोनाभाइरसको संक्रमण फेला पर्यो।

कोरोना भाइरसको लक्षणहरू देखिनु अघिनै, मिसेज मानकिन केही फाइलहरू लिन कार्यालय पुगेकी थिइन्।अर्को दिन उनको सहायक काम गर्न गए। यद्यपि मन्किनसँग सहायकको कुनै काम थिएन। दुबैबिच कुनै सामान साटासट वा नजिकै बसेर कुरा समेत भएन। मन्किनका सहायक र मन्किनले प्रयोग गरेको एउटै सामान भनेको कार्यालको ढोका मात्र थियो। प्रयोग गरिएको सो ढोकाको ताल्चाबाटै सहायकलाई पनि संक्रमण भयो।

ूयो नपत्याउने गरी फैलन सक्छ,ू मानकिनले भने। ूयदि तपाई कुनै व्यक्तिसँग सम्पर्कमा हुनुहुन्छ वा हुनुहुन्न भने फरक पार्दैन।ू

त्यसकारण अहिले नै कडा सामाजिक दूरीको अभ्यास एकदम महत्त्वपूर्ण छ। सकेसम्म घरमा बस्नाले भाइरसको विस्तारलाई कम गर्न मद्दत पुर्‍याउँछ। सके सम्म सबै आफ्नो घरमा बसौँ। सरकारको अनुरोधलाई अक्षरशस् पालना गरौँ।

यो फ्लू वा सामान्य रुघाखोकी जस्तो होईन।

ऋइख्क्ष्म्(ज्ञढ लाई फ्लुको तुलनामा केहि बढि सावधानी अपनाउने गरिएको छ। तर मार्च ६ तारिखदेखि यो रोगसंग संघर्ष गर्दै आएका मियामीमा बस्ने २४ वर्षीय चिराराले यो रोग कुनै सामान्य रुघाखोकी वा चिसोभन्दा धेरै खराब भएको बताउँछन्।

अन्य सम्बन्धित समाचार:  सिंहदरबारमा सीसीएमसी बैठक जारी

उनलाई पहिले ज्वरो र थकान, रुघाखोकी जस्तो लक्षणबाट सुरु भयो तर उनलाई केही बढि असहज भयो र चिन्तित बने।जब उनले आफूलाई श्वास फेर्न गार्हो भएको महशुस गरे। अन्तमा श्वास लिनै नसकिने अवस्था आयो।

ूयो चानचुने फ्लु होईन,ू चिलालाले भने, ूयो सम्भवतस् धेरैमा सर्न सक्छ। केही नभए पनि सबैले सतर्क हुनु जरुरी छ। सामान्य रुघाखोकी वा केही भएको भनेर कुनै हालतमा हेलचेक्राईँ नगरौँ।”

कोरोनाबाट भर्खरै निको भएकी अमेरिकाकी क्रिस्टी पनि मान्छेहरूले यसलाई कडा चिसोको रुपमा हेर्न बन्द गरेको हेर्न चाहन्छिन्। उनलाई पनि ज्वरोबाट सुरु भएको रोग टाउको दुखाइ र कमजोर बनाउदै लग्यो। अलि पछि मस्तिष्कमा कुहिरो बढेको र ध्यान केन्द्रित गर्न कठीन बनायो।

क्रिस्टीले भनिन, ूयो केवल चिसो मात्र होईन। म स्वस्थ थिएँ र उमेर पनि बढि छैन तर पनि भाइरसले मलाई सार्है सतायो।त्यसैले तपाईँको हेल्थ हिस्ट्री राम्रो छ भने पनि गम्भीरता पूर्वक लिनुहोस्।ू

गम्भीरतापूर्वक लिनुहोस्स्

कोरोनाको संक्रमण हुने करिब ८०५ व्यक्तिहरूले हल्का ज्वरो, सुक्खा खोकी लागेको बताउने गरेका छन्।सामान्य अवस्थामा आफ्नै घरमा बसेर आराम गर्न सकिने डाक्टरहरु बताउछन्। तर यसको मतलब यो रोग जोखिममुक्त भने पक्कै होइन। यसलाई धेरै गम्भीर रूपमा लिनुपर्दछ।

कोरोना भाइरसबाट उम्केका जोसुकैले पनि बाहिरका मानिसहरुले यो रोगलाई हल्का रुपमा हेरेको, ओहोर(दोहोर गरेको र सरकारको अनुरोधलाई नमानेको देखेर दुस्ख व्यक्त गरिरहेका छन्।

यो महामारीलाई जितेर आउने क्रिस्टी भन्छिन्, ‘मानिसहरूलाई उनीहरूको आफ्नै आवश्यकताको बारेमा मात्र सोच्न आग्रह गर्दछौं, तर तपाईंको नजिक आउने सबैजनाका बारेपनि सोच्नुहुन अनुरोध गर्दछु।”

यदि साना उमेरका मान्छेमा लागिहाल्यो भने पनि यो प्राणघातक नै छ। पहिलेदेखि केही बिरामी भएका, कमजोर ब्यक्तिहरुमा यसको असर अझ बढी हुने हुन्छ। उमेरको हदबन्दी लागू हुने अवस्था नभएको मानकिनले बताए।

अन्य सम्बन्धित समाचार:  एमाले विवाद मिलाउन ५–५ जनाको वार्ता टोली बनाइयो

व्यवहारमा परिवर्तन नगर्नुस् :

तपाईँको स्वास्थ्य नियमित परीक्षण हुन जरुरी छ, तर सोचेजस्तो परिक्षण कीट उपलब्ध छैन जसको मतलब हुन्छ परीक्षण किटहरू प्रायस् जसो अत्यन्त गम्भीर लक्षणहरूको लागि आरक्षित हुन्छन्। यस अर्थमा धेरै मध्यम र हल्का लक्षणहरू भएका मानिसहरूलाई फ्लूको लागि मात्र परीक्षण गर्न सकिन्छ।

धेरै अस्पतालमा पनि स्वास्थ्य परीक्षण गर्ने जनशक्तिको अभाव हुन सक्छ। आफ्नो साथी वा सहकर्मीलाई संक्रमण देखिए आफूलाई पनि देखिनसक्छ भन्ने कारणले डराउने वा लुकाउने अवस्था पनि आउन सक्छ तर यो अवस्थामा हामी सबै सामान्य रहेर आफ्नो दैनिक कार्य सकेसम्म यथास्थितिमै अगाडि बढाउनुपर्छ।

यदि कसैलाई कुनै लक्षणहरू देखा परे भने तुरुन्त परीक्षणको लागि स्वास्थ संस्थामा जानुपर्दछ। सावधानी अपनाएको खण्डमा जोगिन सकिने र रोग लागेपछि पनि धेरैभन्दा धेरै मानिसहरु निको भएका छन्। आफू वा आफन्त क्वारेन्टाइनमा भए पनि अन्य बेला जस्तै सामान्य जस्तो व्यवहार गर्नुहोस् तर सतर्कता अपनाउनुस्।

माया र साथ दिनुहोस् :

सबै सतर्कताका बावजुद पनि कोरोनाबाट प्रभावित कोहि हुनुहुन्छ भने माया र साथको कमी महशुस हुन नदिनुहोस्।अहिले लाखौँ करोडौँ ब्यक्तिहरु स्व(क्वारेन्टाइनको अवस्थामा छन्।क्वारेन्टाइनमा हुनेलाई पूर्ण समर्थन, माया, पौष्टिक आहार र निरन्तर हेरचाहको आवश्यकता हुन सक्दछ। नजिकै भएका परिवार, आफन्त वा साथीहरुले आफैलाई जोखिममा नपारी सहज वातावरण शृजना गर्नुहोस्।

आफन्त साथी वा परिवारका सदस्यहरूलाई सम्पर्क गरेर सू(स्वास्थको कामना गर्ने पनि यो उत्तम समय हुनसक्छ।

सकारात्मक सोचाई:

हामीले प्रत्येक दिन विभिन्न समाचारहरु हेर्ने गरेका छौँ।सामाजिक संजालमा आउने सबै समाचारहरु सत्य हुन्छन् भन्ने हुदैन। आँखा परेका सबै समाचार सत्य हुदैनन्।यस्तो समयमा अनावश्यक समाचारहरु र अपुष्ट सूचनाहरुबाट टाढा रहनुस्।

यदि संक्रमण भईहाले पनि आराम गर्नुहोस्।भेटघाट पूर्णरुपले बन्द गर्नुहोस्।सकारात्मक सोचाइ राख्नुहोस्। धेरैभन्दा धेरै आराम गर्नुहोस्।