कोरोना अस्पतालमा मृत्यु भएका यादवको रिपोर्ट नेगेटिभ

चितवन। चितवनको भरतपुरस्थित कोरोना विशेष (अस्थायी) अस्पतालमा मङ्गलबार मृत्यु भएका सन्तोष यादवमा कोरोना भाइरसको सङ्क्रमण नभएको पाइएको छ। उनको नमूना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ। उनीसँगै अन्य शङ्कास्पद बिरामीहरूको पनि नतिजा नेगेटिभ आएको अस्पतालले जनाएको छ।

सोही अस्पतालमा उपचाररत अर्का एक र भरतपुर अस्पतालमा उपचाररत ८ जनाको पनि नतिजा नेगेटिभ आएको हो। कोरोना अस्पतालका अन्य चार जनाको नमूना परीक्षणका लागि स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा काठमाडौंमा पठाइएको बताइएको छ।

वीरगञ्ज–२२ जगन्नथपुरका ३० वर्षीय यादवको कोरोना अस्पतालमा उपचारका क्रममा मङ्गलबार बिहान ९ः३० बजे मृत्यु भएको थियो। अस्पतालले यादव पहिलेदेखि नै लुपस भन्ने रोगले मृगौलासमेत कमजोर भएको अवस्थामा ज्वरो र निमोनियाको लक्षण भइ कोरोना अस्पतालमा उपचारका लागि आएका थिए।

अन्य सम्बन्धित समाचार:  सैनिक स्वास्थ्यसेवाबाट अवकाश लिएकालाई तयारी रहन निर्देशन

चितवन मेडिकल कलेजबाट (कोभिड– १९) को आशङ्कामा उनलाई रिफर गरिएको थियो। उनको मृत्युसँगै कोरोना हुन सक्ने भन्दै उच्च सतर्कता अपनाइएको थियो।