कोरोना रोकथाम कोषमा एनसेलको १० करोड सहयोग

काठमाडौँ। सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थापना गरेको कोषमा एनसेल प्राइभेट लिमिटेडले १० करोड रुपैयाँ योगदान गरेको छ।

सहयोग कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि अत्यावश्यक व्यक्तिगत सुरक्षा उपकरण ९पीपीई०, स्वास्थ्य सामग्री, पीसीआर परीक्षण किट किन्न तथा क्वारेन्टाइनका साथै संक्रमित बिरामीको उपचारमा उपयोग हुनेछ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङले मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव नारायणप्रसाद बिँडारीलाई १० करोडको चेक हस्तान्तरण गरेका छन्।

यो सहयोगसँगै सरकार र आमनागरिकसँग एक भई कोभिड–१९ विरुद्ध लड्न र संक्रमण फैलिन नदिन प्रतिबद्ध रहेको पनि एनसेलले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  विवाह भोजमा सहभागी २५ मा कोरोना सङ्क्रमण