नेपालमा कोरोना भाइरस (कोभिड-१९) को नयाँ संक्रमित भेटिए, संक्रमितको संख्या तीन

काठमाडौं। नेपालमा कोरोनाको तेस्रो केस फेला परेको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आइसोलेसनमा रहेका एक विरामीमा कोरोना संक्रमण पोजेटिभ देखिएको हो। यससंगै नेपालमा कोरोना संक्रमितको संख्या तीन पुगेको छ। पहिलो केशका बिमारी उपचारपछि निको भएर घर फर्किसकेका छन् भने चैत्र ४ गते फ्रान्सबाट नेपाल आएकी एक युवतीमा कोरोनाको पोजेटिभ रिर्पोट आएको केहिदिनमा आज भेरि शुक्रराज ट्रोपिकल अस्पताल टेकुमा नयाँ केश देखिएको जनाइएको छ।

अन्य सम्बन्धित समाचार:  एकै दिनमा ९३०५ जनामा संक्रमण पुष्टि, १६८ मृतक थपिए