सामाजिक सञ्जालमा ‘१९ गते भित्रको रहस्य’

काठमाडौं। सामाजिक सञ्जाल फेसबुक हेर्दै हो तपाई? हो, भने एकजना सामाजिक सञ्जाल प्रयोगकर्ता तुशिता नेपाल नाम गरेकी व्यक्तिले निलो मसिले ‘१९ गतेभित्र के छ’ भनेर लेखेको पढिसक्नु भएको होला नि? छैन् भने उनले १९ भित्रको रहस्य भन्दै ति दिनमा नेपालमा अनेक खाले घटना भएको उल्लेख गरेकी छिन्।

शायद उनलाई लकडाउनको समयमा अनेक विचार दिमागमा सलवलाएर पनि ‘१९ भित्रको चुरो कूरो’ खोतल्न खोजेकी पो हुन् कि? जे जस्तो भएपनि एकचोटि के के भएको रहेछ त १९ गतेभित्र नेपालको इतिहासमा हेर्ने हैन त?
नहेर्ने रे।

हेर्दा के भो त?

तुशिता जीले के भन्न खोजेको हो, उनी नै जानुन् रे।

अन्य सम्बन्धित समाचार:  दरबार हत्याकाण्ड ,जननेता मदन भण्डारीका हत्याकाण्डहरूको निष्पक्ष छानबिन किन हुदैन?

अहँ, त्यसो भन्न हुन्न है। मलाई पनि तुशिता को रहेछिन् भनेर हेर्ने रहर जाग्यो। मैले उनको नाम लेखेर पोफाइल खोजे।
एकचोटी हो र?

दुइचोटि।

अहँ मैले त भेटिन्। तपाईले भेटेको भए कमेन्टमा लेख्नु है।