कोरोना भाइरस : हलिउड स्क्रिप्ट राइटर टेरेन्सको मृत्यु

काठमाडौँ। चर्चित अमेरिकन स्क्रिप्ट राइटर टेरेन्स म्याकनलीको मृत्यु भएको छ। ८१ वर्षीया टेरेन्सको कोरोना भाइरसको सङ्क्रमणबाट मङ्गलबार मृत्यु भएको हो। उनलाई लामो समयदेखि फोक्सोको क्यान्सर थियो।

क्यान्सरसँग लडिरहेका उनको कोरोना भाइरसका कारण मङ्गलबार फ्लोरिडास्थित एक अस्पतालमा मृत्यु भएको हो। उनको मृत्यु भएपछि हलिउड कर्मीहरूले  दुःख व्यक्त गरेका छन्। उनी विश्व प्रतिष्ठित एमी अवार्डबाट सम्मानित पनि भएका थिए।

अन्य सम्बन्धित समाचार:  नेपालमा कोरोना संक्रमितको नयाँ रेकर्ड–थप ९०७० जनामा संक्रमण पुष्टि