राससका पूर्वअध्यक्ष देउजाको निधन

काठमाडौँ। राष्ट्रिय समाचार समितिका पूर्वअध्यक्ष धुर्व कुमार देउजाको आज निधन भएको छ।  लामो समयदेखि नशासम्बन्धी रोगबाट पीडित भएका उनको आज बिहान उपचारका क्रममा हिमाल नर्सिङ होम, नक्सालमा निधन भएको हो।

वि सं. १९९९ पुस १६ गते काठमाडौँमा जन्मिएका देउजा रेडियो नेपालमा समेत निर्देशक रहेका थिए। उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ। बालुवाटारमा बस्दै आएका देउजाका एक छोरा, एक छोरी र श्रीमती छन्।

अन्य सम्बन्धित समाचार:  सर्वोच्चमा पुनः सेवा शुरु