आपतकालीन उडानका लागि अनुमति दिने उड्डयन प्राधिकरण निर्णय

काठमाडौँ। नेपाल नागरिक उड्डयन प्राधिकरणले आपतकालीन अवस्थामा उडान अनुमति दिने निर्णय गरेको छ।

सरकारले कोरोना सङ्क्रमणको जोखिम न्यूनीकरण गर्न चैत्र १९ सम्म लकडाउन गरेसँगै सबै उडानहरू रद्द गरिएको थियो।

बुधबार प्राधिकरणले एक आपतकालीन सूचना जारी गर्दै अत्यावश्यक अवतरण‚ कार्गो‚ उद्धार तथा अन्य आपतकालीन उडान सञ्चालन गर्न सकिने भनी अनुमति दिएको हो।

अन्य सम्बन्धित समाचार:  भारतले बनाएकाे कोरोनाको ‍औषधि आज सार्वजनिक हुँदै