चीनबाट नेपालमा कोरोना भाइरस नियन्त्रण सामाग्री आउँदै

काठमाडौं। चीन सरकारले नेपाल सरकारलाई सहयोेग गर्ने भएको छ। चीन सरकारले तीन तहको गरी २ लाख पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई), पीसीआर टेस्ट किट एक लाख, भीटीएम एक लाख, एन ९५, मास्क डेढ लाख थान, ल्याबसहितको एम्बुलेन्स १० थान, मोबाइल एम्बुलेन्स ५ थान समेत पठाउन लागिएको बुझिएको छ।

चीन सरकारले नेपाल सरकारलाई उपलब्ध गराउने कोरोना भाइरस नियन्त्रण सामाग्रीहरू चीनका विभिन्न ठाउँबाट सिचुवानको छेन्दुमा सङ्कलन गरी काठमाडौँ ल्याउने तयारी भइरहेको छ। 

चीनका लागि कार्यवाहक राजदूत सुशील लम्सालले चिनियाँ पक्षले नै विभिन्न स्थानबाट सामग्री सङ्कलन ३० टन सामग्री उपलब्ध गराउन लागेको बताए।

नेपालले कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि एक साता लामो लक डाउनको घोषणा गरेलगत्तै नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सोमबार नेपाल ल्याउने चिकित्सा सामग्रीका लागि संयोजन भइरहेको बताएकी थिइन्।

अन्य सम्बन्धित समाचार:  कोरोनाविरुद्धको खोप छिटो उपलब्ध गराइदिन राष्ट्रसंघलाई नेपालको आग्रह