बेलायती राजकुमारलाई कोरोना सङ्क्रमण

काठमाडौँ। बेलायती राजकुमार चार्ल्सलाई कोरोना सङ्क्रमण देखिएको छ। ७१ वर्षीय चार्ल्स राजगद्दीका उत्तराधिकारी हुन्।

प्रिन्स अफ वेल्स महारानी एलिजावेथ द्वितीयको जेठो छोरा हुन्। उनी हाल स्कटल्याण्डमा आइसोलेसनमा बसेका छन्।

‘प्रिन्स अफ वेल्सको कोरोना परीक्षण पोजिटिभ आएको छ। सामान्य लक्षण देखिएको छ। यद्यपि स्वास्थ्य राम्रो छ। केही दिनयता उनी घरबाटै काम गरिरहेको राजपरिवार निवासले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  देवघाटमा दोब्बर शव