कोरोना सङ्क्रमण रोक्न विभिन्न स्थानमा औषधि छर्किंदै

काठमाडौँ। कोरोना भाइस रोकथाम गर्न काठमाडौँ महानगरपालिकाले बुधबारदेखि महानगर क्षेत्र भित्रका विभिन्न स्थानमा (डिसइन्फेक्सन स्प्रे) कीटनाशक औषधि छर्कन थालेको छ। विश्वव्यापी  महामारीका रूपमा फैलिँदै गइरहेको कोरोना भाइरसको सङ्क्रमण महानगर क्षेत्रभित्र फैलिन नदिन यस्तो प्रयासको थालनी गरेको काठमाडौँ महानगरपालिकाले जनाएको छ।

काठमाडौँ महानगरपालिकाले बढी भीडभाड हुने भित्री सहरका असन, इन्द्रचोकसँगै टेकु अस्पताल, कालीमाटी तरकारी बजार, वीर अस्पताल अगाडि लगायतका स्थानमा आजबाटै कीटनाशक औषधि छर्कने कार्यको सुरुवात गरेको छ। सार्वजनिक स्थानमा कीटनाशक औषधि छर्किने, सडक पानीले पखाल्ने, ब्रुमरले सडक सफा गर्ने जस्ता कामलाई निरन्तरता दिने जनाइएको छ।

काठमाडौँ महानगरले पहिलो चरणमा चार हजार लिटर क्षमताका तीनवटा ट्याङ्करमार्फत कीटनाशक औषधि छर्किने बताइएको छ।

अन्य सम्बन्धित समाचार:  बाँकेमा कोरोना संक्रमितको मृत्यु भएपछि स्वास्थ्यकर्मीमाथि हातपात