आदेश उलङ्घन गर्ने ९०० गाडी नियन्त्रणमा, किन छैन् प्रहरीलाई राम्रो माक्स र पञ्जा?(भिडियो सहित)

काठमाडौं। कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि नेपाल सरकारले लागू गरेको आदेश उल्लङ्घन गर्ने नौ सय हाराहारीमा  सवारीसाधनलाई प्रहरीले आज नियन्त्रणमा लिएको छ।  महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट उक्त सङ्ख्यामा गाडी नियन्त्रणमा लिएको हो। अटेर गरी सवारीसाधन सञ्चालन गरेका साधनलाई नियन्त्रणमा लिएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए।

उता सडकमा बाक्लो संख्यामा खटिएका प्रहरीमध्य धेरैको हातमा पञ्जा थिएन भने गुणस्तीरय माक्स पनि थिएन्। कतिपय प्रहरीसंग हामीले सुरक्षाको चुनौती कतिको छ भनेर प्रश्न गर्दा, ‘राम्रो माक्सको के कूरा? शौचकोलागि उचित व्यवस्था समेत नभएको र लामो समय कार्यस्थलमा खटिदा खानेपानीको समेत उचित व्यवस्था नभएको ‘क्यामेरामा नदेखिने र नाम समेत नलेखिदिने शर्तमा’ बताए।

अन्य सम्बन्धित समाचार:  तीन दिनको शिशुलाई कोरोना सङ्क्रमण