नेपाल टेलिकमले रिचार्ज बराबरकै बोनस दिने

काठमाडौँ। नेपाल टेलिकमले आफ्ना ग्राहकलाई रिचार्ज बराबरकै बोनस बुधबार रातिदेखि उपलब्ध गराउन सुरु गर्ने भएको छ। सरकारले कोरोनाको सङ्क्रमण फैलन नदिनका लागि लकडाउन लागू गरेपछि धेरै ग्राहकलाई रिचार्ज कार्ड किन्न समस्या परिरहँदा टेलिकमको यस्तो निर्णय आएको हो।

यो व्यवस्था बुधबार रातको १२ बजेपछि रिचार्जमा मात्रै कार्यान्वयन हुनेछ। यसअघि बुधबार दिउँसोबाट सुरू गर्ने भनिए पनि प्राविधिक समस्याका कारण बेलुकाबाट मात्र सुरु गरिने नेपाल टेलिकमले जनाएको छ। यो सुविधा अन्तर्गत ग्राहकले जुनसुकै माध्यमबाट टेलिकमको सिमकार्ड रिचार्ज गर्दा त्यति नै बराबरको थप बोनस पाउनेछन्।

बोनसबापत रकम डाटा चलाउन र एसएमएस गर्न समेत प्रयोग गर्न सकिने छ। नेपाल टेलिकमबाहेकका अन्य नेटवर्कमा फोन गर्दा भने मुख्य ब्यालेन्सबाट शुल्क काटिनेछ।

अन्य सम्बन्धित समाचार:  पीएम केयर फन्डलाई जसले करोडौं दिए