काबुलको गुरूद्वारामा हमला, २५ जनाको मृत्यु 

काठमाडौँ। काबुलको गुरुद्वारामा बुधबार भएको आक्रमणमा २५ जनाको मृत्यु भएको छ। भने ८ जना घाइते भएका छन्। बन्दुकधारीहरूले मानिसहरू पूजा गर्ने समयमा अन्धाधुन्द आक्रमण गरेका थिए।

अफगानी सुरक्षा फौजले गरेको जबाफी आक्रमणमा बन्दुकधारीको मृत्यु भएको छ।  बन्दुकधारी र अफगानी सुरक्षा फौजबीच करिब एक घण्टा लामो गोली हानाहान भएको थियो।

आक्रमणको जिम्मा आईएसआईएल विद्रोही समूहले लिएको छ। यसअघि तालिबानी लडाकु समूहले आक्रमणमा आफ्नो कुनै संलग्नता नभएको बताइएको छ।

सुरक्षा फौजले अहिले यस क्षेत्रमा घेरा हालेको छ। आक्रमणमा मारिनेहरूको शव काबुल अस्पतालमा ल्याएको छ।

अन्य सम्बन्धित समाचार:  अष्ट्रेलियाको न्यु साउथ वेल्समा ९० दिन लकडाउन