जर्मन नागरिक अचेत अवस्थामा भेटिए

काठमाडौँ। काठमाडौंको ज्ञानेश्वरस्थित जर्मन दूतावासको गेटमा एक जर्मन नागरिक अचेत अवस्थामा फेला परेका छन्।

गेटमा ढलिरहेको अवस्थामा उनी फेला परेका हुन्। आफ्नो कामका लागि दैनिकजसो सो दूतावास धाइरहेका उनले काम नभएको गुनासो गर्दै आएका थिए।

अचेत अवस्थामा भेटिएका उनलाई प्रहरीले अस्पताल लगेको कमलपोखरी प्रहरी वृत्तले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  कोरोनाका कारण मृत्यु हुने विश्व प्रसिद्ध व्यक्तिहरु