उपचारमा खटिरहेकी नर्सलाई कोरोना सङ्क्रमण, अरुलाई सर्न नदिन गरिन् आत्महत्या

काठमाडौँ। इटालीमा कोरोना भाइरस सङ्क्रमितको उपचारमा अहोरात्र खटिएकी एक नर्सले आफूमा कोरोना सङ्क्रमित भएपछि आत्महत्या गरेकी छिन्।

३४ वर्षीया डेनिला ट्रेज्जी नाम गरेकी ती नर्स इटालीमा सुरुका दिनदेखि नै कोरोना भाइरसको सबैभन्दा प्रभावित क्षेत्र लोम्बार्दीमा खटिएकी थिइन्। उनी त्यस क्षेत्रमा कोरोना सङ्क्रमितहरूको उपचारका लागि स्वास्थ्यकर्मीको टोलीको नेतृत्व गरेर उपचारमा तल्लिन थिइन्। कोरोना सङ्क्रमितहरूको उपचारमा रातदिन जुटेकी उनले आफैँमा कोरोना भाइरस सङ्क्रमण भएको पुष्टि भएपछि आत्महत्या गर्ने निर्णय लिएकी हुन्।

उनी लोम्बार्दी क्षेत्रको मोन्जास्थित सान जेर्राडो अस्पतालको इन्टेन्सिभ केयर युनिटको नेतृत्व गर्दे खटिएकी नर्स थिइन्। यो क्षेत्रलाई कोरोना भाइरसले सबैभन्दा धेरै चपेटामा पारेको छ। कोरोना भाइरसबाट सङ्क्रमितहरूको उपचार गर्दागर्दै म आफै सङ्क्रमित हुन पुगेँ। अब अरु मानिसलाई सङ्क्रमित गर्ने बोझ सहन सक्ने क्षमता मभित्र छैन।आत्महत्या गर्नुअघि उनले लेखेकी थिइन्। त्यसैले अरु धेरैको जीवन बचाउन आफ्नै जीवन अन्त्य गर्ने निर्णय लिएकी छु।

अन्य सम्बन्धित समाचार:  चलचित्र प्राविधिकहरूका लागि १ लाख १० हजार

नर्सहरूको महासङ्घ इटालीले डेनिला ट्रेज्जी कोभिड-१९ बाट सबैभन्दा बढी प्रभावित लोम्बार्डी क्षेत्रमा खटिएकी थिइन्। डेलीमेलका अनुसार इटालीमा कोरोना भाइरसविरुद्धको लडाइमा नर्सहरू अग्रमोर्चामा खटिएका छन्।

तर उनको आत्महत्याको खबरले सबै चिकित्सक र सिङ्गो मुलुक स्तब्ध भएको नर्सहरूको महासङ्घले जनाएको छ। महासङ्घका अनुसार ती नर्समा गरिएको परीक्षणमा कोरोना भाइरसको पोजेटिभ आएको थियो। त्यसपछि उनी अरुलाई सङ्क्रमण हुन सक्ने कुराले तनावमा थिइन्।  महासङ्घले अरुलाई जोगाउन भन्दै नर्सले आत्महत्या गरेकोमा सिङ्गो देश नै स्तब्ध भएको जनाएको छ।