दुखः पर्दा मात्र देश फिर्ने, माटोको ऋण कहिले तिर्ने?

“कस्तो थियो त देशको माटो? काठमाडौँका सडकमा हिँड्दा धुलो माटो त चाख्यौ पनि होला!”  २ हप्ता नेपाल बसेर फर्किँदा जेएफके विमानस्थल न्युयोर्कबाट निस्कँदै गर्दा पिक अप गर्न आउनु भएका भिनाजुले मसंग सोध्नु भयो।
मलाई झल्याँस्स मेरो सुन्दर देशको याद आयो। सँगसँगै अहिलेको कुशासन, भ्रष्टाचार र सक्षम नेतृत्वको अभाव सम्झिँदा दिक्क पनि लाग्यो।

सुस्केरा हाल्दै मैले भनेँ, “हो भिनाजु धुलो, धुवाँले मात्र हैन कमिसन र कालो बजारीले नेपाल आमाको सुन्दर मुहार धमिल्याईदिएको छ।” केही समयअघि निकै चर्चामा रहेको नेपाल भ्रमण वर्ष २०२० को रौनक कस्तो थियो त? यो प्रश्नले त म झन् अक्मक्किएँ!

त्रिभुवन विमानस्थलमा उत्रिनुअघि नै माननीय गृहमन्त्रीको सवारी भएछ! हामीलाई काठमाडौँ उपत्यकाको आकाशमा ३ फन्का घुमाइयो। गृहमन्त्रीसँग आक्रोश भएपनि विमान उपत्यकामाथि उड्दै गर्दा लाङटाङ, मनासलु र गणेश हिमालका बादलुको घुम्टोमा लुकामारी खेलेको देख्दा मन हर्षित भयो। अहा! यति सुन्दर भूमि! कसैले बनाउन आवश्यक नै छैन यो देश बस् नबिगारी दिए पुग्छ।

४५ मिनेटपछि विमान उत्रियो। भ्रमण वर्षको स्वागत लेखेको बोर्ड देखियो। अध्यागमन द्वार प्रवेश गर्नु पूर्व सरुवा रोग जाँच डेस्क भएको एउटा कुनो त देखियो तर त्यहाँ न कोही कर्मचारी थिए न त केही उपकरण नै। (यो डिसेम्बर २०१९ महिनाको अन्त्यतिरको कुरा हो।)  पशुपतिनाथले हामी सबैको रक्षा गरून्!

अध्यागमनका लागि पर्यटक र नेपालीलाई अलग–अलग उभ्याइयो। तर फेरि सुरक्षा जाँच र लगेज मेरो हो भनेर दावी गर्ने स्थानसम्म पुग्न उभिनु पर्ने ठाँउमा धेरै नेपाली र केही भारतीय यात्री धेरै ठेलमठेल गर्दै आफै अघि निस्किन थाले। सबै एउटै ठाँउबाट बाहिर जाने विमानस्थलमा ३३ किलो सुन भने कुन बाटोबाट बाहिरियो होला कुन्नि?

यसैबीच एक विदेशी पर्यटकले सबैलाई एउटै लाममा उभिन लगाए, अनि आफू पनि त्यसै पछाडि गएर उभिए। अतिथि देवो भव्ः! हो, यी पर्यटक देवता समान नै थिए, बरु हामी पो संवेदनहीन ढुङ्गा–मूढा भयौँ। अध्यागमनपछि बाहिर जान पनि पर्यटकहरूलाई एउटा अलग्गै कक्ष र बहिर्गमन द्वार राखिदिएको भए पर्यटकहरूले “नेपाली पारा“ अलि ढिला देख्ने थिए कि?

 अतिथि देवो भव्ः! हो, यी पर्यटक देवता समान नै थिए, बरु हामी पो संवेदनहीन ढुङ्गा–मूढा भयौँ। अध्यागमनपछि बाहिर जान पनि पर्यटकहरूलाई एउटा अलग्गै कक्ष र बहिर्गमन द्वार राखिदिएको भए पर्यटकहरूले “नेपाली पारा“ अलि ढिला देख्ने थिए कि?

विमानस्थलबाट निस्कने बित्तिकै केही होटेलका एजेन्ट साथीहरु र केही ट्याक्सी चालक हातै समात्न आउँछन् साविकभन्दा दुई तीन गुणा भाडा धेरै दावी गर्छन् तर मिटरमा कोही जान मान्दैनन्। प्रहरी यो सबै नदेखे झैँ गर्छन्। यस्तै अनियमितता, दलाली, ठगी र कालो बजारीमा प्रायः सत्ताधारी पार्टीका कार्यकर्ता, राजनैतिक पहूँच भएका व्यापारी, व्यवसायी र राजनैतिक नियुक्ति पाएका सबै सार्वजनिक निकाय र कर्मचारी सबैको मिलेमतो देखिन्छ। गायक पशुपति शर्माले भनेझैँ साला–साली, काका, भतिज, यिनका इस्ट मित्र,कति छिटो सेटिंग गर्छन् यिनले भित्र–भित्र!

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्रीज्यू! तिनीहरुलाई भनिदिनोस् न कात्रोमा गोजी हुँदैन।

आज धुलो धुवाँले नेपालका भौतिक सडक र गल्लीका बाटा धमिल्याएको छ। मास्क नलगाई हिँड्नै गाह्रो छ। यो अनियमितता, दलाली र कालोबजारीको धुलो धुवाँले हाम्रो नैतिक चेतनाको पारदर्शिता ढाकिदिएको छ कि मास्कदेखि ग्याँससम्म कालो बजारी छ। सबैतिर सुधारको आवश्यकता छ तर सुरु पो कहाँ गर्ने?

देशको माटो प्यारो छ तर आँखै ढाक्ने धुलो? जनता मास्क लगाउन बाध्य छन्, नेता आँखामा पट्टी बाँधी, कानमा तेल हालेर बसेका छन्। नेपालमा अब यी सबै समस्याको समाधान गर्न सम्भव छैन भन्दै हाम्रो पुस्ताका धेरै युवा निराश भई बिदेशिने प्रयास मात्रै गर्न थालेका छन्। छोरा–छोरी र आफन्त विदेश जानुलाई “मुक्ति“ ठानेर आज माला, खादा लगाई विजय जुलुस निकाली, भोज, पार्टी गरेर सामाजिक सञ्जालमा तस्बिर र स्टाटस पोष्टिनु हामीलाई सामान्य झैँ लाग्न थालेको छ।

आज वैदेशिक रोजगारको लागि जान्छु भन्यो भने जसले पनि ऋण दिन्छन् तर आफ्नै गाउँ–ठाउँमा केही उद्यम फर्म खोल्छु भन्दा लगानीकर्ता भेट्न गाह्रो पर्छ। त्यस्तै विदेश जाने युवालाई धेरै आफ्नो छोरी, बहिनी दिन तैयार हुन्छन् तर आफ्नै गाउँघरमा गरी खान्छु भन्ने ऊर्जावान् युवा हाँसोको पात्र बन्छ।

आज वैदेशिक रोजगारको लागि जान्छु भन्यो भने जसले पनि ऋण दिन्छन् तर आफ्नै गाउँ–ठाउँमा केही उद्यम फर्म खोल्छु भन्दा लगानीकर्ता भेट्न गाह्रो पर्छ। त्यस्तै विदेश जाने युवालाई धेरै आफ्नो छोरी, बहिनी दिन तैयार हुन्छन् तर आफ्नै गाउँघरमा गरी खान्छु भन्ने ऊर्जावान् युवा हाँसोको पात्र बन्छ।

त्यसैले, आज नेपालको लाखौँको सङ्खयामा दक्ष जनशक्ति विदेशमा छ। पहाडका मान्छे तराई झर्न चाहन्छन्, तराईका काठमाडौँ चढ्न चाहन्छन् भने काठमाडौँका विदेश उड्न चाहन्छन्। यो दक्ष जनशक्ति पलायन रोक्न केही दिगो योजनाहरू बनाई त्यसको कार्यान्वयन गर्नु आवश्यक छ।

अहिले एकातिर विश्व बजार आर्थिक मन्दीतर्फ उन्मुख हुँदै गर्दा धेरै विकसित देशहरूमा दक्षिणपन्थी र निषेधात्मक सोँच राख्ने दलहरूले चुनाव जिती उग्र राष्ट्रवादी नेताहरूलाई सत्तासीन बनाईरहेको अवस्थामा अर्कोतिर कोरोना जस्तो महामारीको प्रकोपले विदेशी नागरिकलाई आफ्नै देश जाऊ भन्ने लहर बढ्दो छ।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्रीज्यू! तिनीहरुलाई भनिदिनोस् न कात्रोमा गोजी हुँदैन।

हामीजस्तो युवाको श्रम बेची चलेको देशका लागि यो खतराको घण्टी हो। आज नेपाल भारत लक डाउन छ भन्ने थाहा हुँदा–हुँदै पनि दिल्लीको अन्तराष्ट्रिय विमानस्थलदेखि पश्चिम नेपाल जाने आनन्द विहार बस अड्डा, गौरीफन्टा र गड्डाचौकी जस्ता नाकामा विदेशबाट नेपाल फर्किन चाहनेको भीड छ। आपतमा आखिरमा सबैको मुखमा आउँछ आमाकै नाउँ, आश्रय बन्छ आफ्नै गाउँ–ठाउँ।

हाम्रा गाउँ घर फर्किएका दाजुभाइहरूले गाउँमा कोरोना भित्र्याए हामीसँग न नियन्त्रण पूर्वाधार नै छ न त सही सूचनाको प्रवाह। अल्पकालीन रूपमा हामीलाई चाहिने आपतकालीन स्वास्थ्य उपचार उपकरण, औषधि, खाद्यान्न र दैनिक उपभोग्य सामग्रीको समेतकमी पर्न सक्छ र मध्य र दीर्घकालीन रूपमा हाम्रा युवा जनशक्ति स्वदेश फर्किएपछि उनीहरूलाई रोजगारी सिर्जना गर्ने चुनौती आउनसक्छ जसको व्यवस्थापन गर्न हामीसँग न कुनै तयारी छ, न योजना नै।

अल्पकालीन रूपमा हामीलाई चाहिने आपतकालीन स्वास्थ्य उपचार उपकरण, औषधि, खाद्यान्न र दैनिक उपभोग्य सामग्रीको समेतकमी पर्न सक्छ र मध्य र दीर्घकालीन रूपमा हाम्रा युवा जनशक्ति स्वदेश फर्किएपछि उनीहरूलाई रोजगारी सिर्जना गर्ने चुनौती आउनसक्छ जसको व्यवस्थापन गर्न हामीसँग न कुनै तयारी छ, न योजना नै।

हाम्रै छिमेकमा चीन सरकारले १९९० र २००० का दशकमा ‘ब्रेन सर्कुलेशन’ कार्यक्रम अन्तर्गत प्रवासी चाइनिज मूलका विज्ञहरूलाई चीनको आधुनिकीकरण गर्न प्रोत्साहन गर्ने प्याकेजहरू ल्यायो। भारतको विज्ञान और प्रौद्योगिकी विभागले विदेशका प्रतिष्ठित प्रयोगशालाबाट भारत फर्की त्यस्तै अनुसन्धान अघि बढाए। महिनाको ४१०,००० सम्मको सहयोग गर्ने घोषणा गरेको थियो।

यस्ता दूरदर्शी योजना समयमै ल्याउनुको फल स्वरूप आज कोरोनाको महामारीको प्रकोप परीक्षण र नियन्त्रण गर्न चाहिने परीक्षण सामाग्री, आवश्यक प्राबिधिक जनशक्ति र व्यक्तिगत सुरक्षा उपकरण बनाउन भारत र चीन सक्षम छन्। आज विपद्को घडीमा कुनै पनि देशको प्राथमिकता आफ्ना नागरिक नै भएका छन्।

                                                                                                                                  (हालः अमेरिका)