दुखः पर्दा देश फिर्नै नपाउनु?

यो बेला नेपालमा चैत्र ४ र ६ गते कतार हुँदै काठमाडौ ल्याण्ड गरेका २ प्लेनबाट झरेका यात्रुहरुमा देखिएको कोरोना भाइरसको संक्रमणको पहिचानपछि बाँकी संगै गएका यात्रुहरुको खोजी समुन्द्र मन्थनको कहरमा परेको छ। २ वटा जहाजको मात्र कुरा कहाँ हो र! ती जहाजका यात्रीहरु, ट्रान्जिटमा भेटिएका, संगै बसेका, अध्यागमन चेकमा पासपोर्ट र ब्यक्ति सुरक्षामा बसेका अधिकारीहरु जो अनिवार्य रुपमा यात्रीहरुको संसर्गमै आउनैपर्दछ ती सबैको संख्या जोड्ने हो भने हाम्रो यात्राले संसारलाई कोरोना संक्रमणको उपहार भयानक दिनुपर्ने स्थिति सिर्जना हुँदैछ।

यी दुई जहाजमा यात्रा गर्नेमध्ये एक जना संक्रमित मान्छे नेपालमा भेटिएको कारण आज नेपाली जनताहरु सरकारलाई किन बिदेशबाट आउने जहाज अलि चाडै लकडाउन गर्न सरकारलाई के ले छेक्यो भन्दै सरकारमाथि आरोप बर्षाउन थालेका छन्।

हरेक मान्छेलाई आफू बाँचौँ अरु जेसुकै होऊन् भन्ने मात्र देखिन्छ। आज देशको झण्डै एक करोड युवा जनशक्ति देश बाहिर छ। भारतदेखि युरोप अमेरिकासम्म। देशको कूल आयको एक तिहाई हिस्सा रेमिट्यान्सले ओगटेको छ।
देशका एक तिहाई मान्छेहरुको चुलो जल्नेदेखि राज्यका मन्त्रीहरुको झन्डा हल्लाउदै बिमास्थलमा तिनै बैदेशिक रोजगारमा जाने आउनेलाई अपमान गर्ने अध्यागमन अधिकारीको पकेट खर्च चल्ने यिनै प्रवासीहरुको रेमिट्यान्सबाट प्राप्त आयबाट हो भन्ने कुरा बुझेर पनि बुझ पचाएका छन्।

हरेक एक डलर नेपाल भित्रिने रकमबाट राष्ट्र ब्याङ्क मार्फत नेपाल सरकारलाई ३० पैसा कमिशन आउने नियम छ ।भारतबाट आउने रेमिट्यान्स कर डाइरेक्ट भारतीय रुपैयाँ पनि नेपालको अर्थतन्त्र चलाउने एउटा बलियो आधार पनि हो। तर यतिका गुण भएका प्रबासीहरु जो बाध्यताले बिदेश छन् उनीहरु नेपालकै होइनन् यिनीहरुले पैसा मात्र देशमा पठाउने हो अरु यिनीहरुको कुनै अधिकार छैन भन्ने आभास धेरै जसो मित्रहरुको लेखाईमा अभिब्यक्त हुने गरेको छ।

यिनीहरुको श्रम चलेपनि अरु कुनै दुखः हामी नेपाल बसेकालाई दिनुहुन्न भन्ने सोँच बिद्वान भनिनेदेखि सर्वसाधारण नेपालीमा देखिदै र लेखिदै छ। यो सुन्दा देख्दा अचम्म लाग्छ।

यिनीहरुको श्रम चलेपनि अरु कुनै दुखः हामी नेपाल बसेकालाई दिनुहुन्न भन्ने सोँच बिद्वान भनिनेदेखि सर्वसाधारण नेपालीमा देखिदै र लेखिदै छ। यो सुन्दा देख्दा अचम्म लाग्छ।

जहान बच्चाको आङ ढाक्न र बिहान बेलुकाको छाक टार्न छिमेकी देश भारतको कालापहाड पुगेका मान्छेहरु जब मालिक वा कम्पनीले कोरोनाको कारण आफ्नो कारखाना बन्द गर्दछ, क्वार्टर बन्द गर्दछ जाने कहाँ हो थाहा छैन। हुन त प्रधानमन्त्री मोदी र नेपालका प्रधानमन्त्री ओलीले जो जहाँ छ त्यहीँ बस नभनेका भने होइनन्। काम गर्ने ठाउँ बन्द नभैदिएको भए मान्छे किन पो फर्कने थिए र?

कारखाना मालिकले बस्ने बासमै ताला लगाइदिएपछि फर्कने ठाउँ त आफ्नै घर त होला नि? पढे लेखेका र अलिकता सम्पत्ति हुन्थ्यो भने किन कालापहाडमा जोतिन पथ्र्याे र?  सुदूर पश्चिम र हिमाल पहाडमा बस्नेहरुको अशिक्षा नै उनीहरुको पीडा बनेर रहेको छ।

अस्पताल पुर्याइएकी बझाङ्गकी प्रदेश सभा सांसद रिपोर्ट नआउदै किन अस्पतालबाट भागिन् होला? सजिलै बुझ्न सकिन्छ यो सबै चेतनाको कारण हो। यो सर्बब्यापी रोग मलाई लागि हाल्यो भने मेरो सामाजिक इज्जत प्रतिष्ठा सबै खत्तम हुन्छ भन्ने चिन्ता हो।

ब्यक्तिको जानाजान नभई अन्जानमा आउने रोग प्रतिको चेतना भएको भए सांसद हस्पिटलबाट भाग्ने र यात्री क्वारेन्टाइनबाट भागेर इज्जत बचेको भ्रममा हुने थिएनन्। सिमानामा रहेका हरेक नेपाली सुरक्षितसाथ स्वास्थ्य चेकजाँच भै नेपाल आउन पाउने उसको नैसर्गिक अधिकार हो। देश लकडाउन हुँदै छ, कारखÞाना बन्द हुँदैछन्, प्लेन फलानो मितिदेखि बन्द हुँदै छन् भन्ने सूचना कम्तिमा १५ दिन अघि नै प्राप्त गरेका भए स्थान छोड्नेहरु पनि एउटा समय मिलाउँथे होलान्। भोलिदेखि लकडाउन हुँदैछ भने आज साँझको सूचनाले त मान्छेलाई के गरौँ कसो गरौँ भनेर अत्याउने बाहेक के गर्ला र?

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्रीज्यू! तिनीहरुलाई भनिदिनोस् न कात्रोमा गोजी हुँदैन।

आज सिमानामा देखिएको कहर उनीहरुको लापरवाही वा रहर होइन बाध्यता हो। यो बाध्यतालाई देशभित्र रहेकाहरुले बुझ्नु पर्दछ कि “तिमीहरु न आएको भए रोग आउने थिएन।” तिमीहरुले गर्दा रोग आयो।” सरकारले सिमानामा आउनेलाई कड़ाई गर्नुपर्यो।” लाठी अलि साना भए,गोली नै बर्साउनुपर्ने अटेरीहरुलाई’ जस्ता अप्रिय वचन सुन्दा बिदेशिएकाहरुको मन दुख्दैन?

आज सिमानामा देखिएको कहर उनीहरुको लापरवाही वा रहर होइन बाध्यता हो। यो बाध्यतालाई देशभित्र रहेकाहरुले बुझ्नु पर्दछ कि “तिमीहरु न आएको भए रोग आउने थिएन।” तिमीहरुले गर्दा रोग आयो।” सरकारले सिमानामा आउनेलाई कड़ाई गर्नुपर्यो।” लाठी अलि साना भए,गोली नै बर्साउनुपर्ने अटेरीहरुलाई’ जस्ता अप्रिय वचन सुन्दा बिदेशिएकाहरुको मन दुख्दैन?

सिमानामा रोकिएको बेखर्ची भएको तपाईँकै एकाघरका दाजुभाइ, दिदी बहिनी हो भन्ने बुझौँ। उसलाई गोली बर्साएर भए पनि कोरोना रोकौँ भन्ने तपाईँको चाहना अति स्वार्थी चाहना हो।

हुन त मान्छे धेरै स्वार्थी हुन्छ। जब बसको यात्रा अनिबार्य भएको बाटोमा बस कुरेका मान्छे आफ्नो गन्तव्यमा जानै पर्ने हुन्छ यात्रुले खचाखच भरिएको बस जब स्टेसन आइपुग्छ अनि सबै भित्र छिर्नैपर्ने हुन्छ, पहिलो स्टेसनमा रोकिएको बसको सहायकलाई आफू गन्तव्यमा जानैपर्ने भनेर अनुरोध गरेको मान्छे त्यही बसको ढोकामा उभिएर दोश्रो स्टेसनमा हतार गरेर चढ्न अनुरोध गरेको अर्को मान्छेलाई ठाउँ नभएकोले लान नसकिने भन्दै ड्राइभरलाई गाडी नरोक्न आदेश दिन्छ।

जब त्यो मान्छेलाई ड्राइभरले पिक अप गर्दछ उहि मान्छे फेरि नै ढोकामा उभिएर अर्को स्टेसनमा आएको अर्को यात्रुलाइ ठाउँ नभएको फर्मान जारी गर्दछ। म नेपाल छिरीसकेकोले अरु बाँकी छिर्न नपाएकालाई किन आउनु परे होला भनेर धारे हात लगाउँछ। यो नेपालीहरुको सामाजिक चरित्र हो।

आफ्नो मुलुकभित्र प्लेनबाट उडेर आउन या बसमा गुडेर हिडेर आउने वा घिस्रिएर उनीहरु नेपाल आउने प्रकृयामा छन् वा आइसके। उनीहरुले रोग लिएर आऊन् वा रित्तै! उनीहरु हाम्रै अङ्ग हुन्। रोग लिएर आउने उनीहरुको रहर हुन्न। उनीहरुलाई युरोप अमेरिका वा अस्ट्रेलिया वा गल्फ किन नजाऊन्, पढ्न जाने, काम गर्न जाने, भारतको काला पहाड जाने काम कुनै अबैधानिक थियो? पक्कै होइन देशमा सबैलाई रोजगारी पाउन नसकेर नै हो।

आफ्नो मुलुकभित्र प्लेनबाट उडेर आउन या बसमा गुडेर हिडेर आउने वा घिस्रिएर उनीहरु नेपाल आउने प्रकृयामा छन् वा आइसके। उनीहरुले रोग लिएर आऊन् वा रित्तै! उनीहरु हाम्रै अङ्ग हुन्। रोग लिएर आउने उनीहरुको रहर हुन्न। उनीहरुलाई युरोप अमेरिका वा अस्ट्रेलिया वा गल्फ किन नजाऊन्, पढ्न जाने, काम गर्न जाने, भारतको काला पहाड जाने काम कुनै अबैधानिक थियो? पक्कै होइन देशमा सबैलाई रोजगारी पाउन नसकेर नै हो।

उनीहरु देश फर्किदा स्वैच्छाले क्वारेन्टाइन भने बस्नुपर्ने हुन्छ। आज देशको एक तिहाई जनसंख्या नै बिदेश छ भने र राज्यको कूल आयको एक तिहाई हिस्साको योगदान पनि बिदेशबाट आउने बिप्रेषणले चल्छ भने देश भित्र छिर्न खोज्नेलाई “गोली हान्, लाठी साना भए, अलि ठूलोले हान’ भनेर अपमान गर्न पाईन्न।  राज्यले आफ्ना नागरिकहरुले आफ्ना अर्डर नमाने बापत गर्ने कार्बाही आफ्ना ठाउँमा जायज होला तर तपाईं दाजुभाइले छिमेकी र आफन्तले ‘सिमानामैँ रोक’ भन्नु साह्रै नाजायज तर्क र बेइमानी हो।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्रीज्यू! तिनीहरुलाई भनिदिनोस् न कात्रोमा गोजी हुँदैन।

सरकारले चाहेकै दिन बिना परिस्थिति भनेकै बेला बिना सूचना प्लेन पनि रोक्नु पर्दथ्यो भन्ने मत पनि देशभित्र सुनिन थालेको छ। हो, देश भित्रका आन्तरिक उडान बन्द गर्ने अधिकार राज्यलाई छ, तर अन्तराष्ट्रिय उडानमा सरकारले वा एक पक्षले चाहेर हुन सक्दैन भन्ने हेक्का नभएका मान्छेहरुको तर्क होला। उचित कारणबिना हरियो जोनमा रहेको मुलुकले उडान रोक्ने उपर्युक्त आधार नभै रोक्ने कुराले उसको अन्तराष्ट्रिय बिश्वसनीयता र उडानका कारण देश बिदेशमा पर्न जाने प्रत्यक्ष अप्रत्यक्ष असर नेपालले थेग्ने खालको हुनुपर्दथ्यो।

हो, नेपालले गर्न पाउने अधिकार भनेको अन अराइभल भिसा रोक्न सक्थ्यो। त्यो त १५ दिन अघि नै गरेको थिय। तर होटेल बुकिङ क्यान्सिल नगरिसकेका पर्यटक र एनआरएनहरुलाई नेपालमा केस नै सुरु नहुदै रोक्नसक्ने अवस्था थिएन।
यो संसारभरि नै देखा परिसकेको समस्या थियो र नेपालमा मात्र सचेतना मात्र गर्न उच्च जोखिमको मात्र नियम फ्लो गर्नुपर्ने बाध्यता थियो।

हो, नेपालले गर्न पाउने अधिकार भनेको अन अराइभल भिसा रोक्न सक्थ्यो। त्यो त १५ दिन अघि नै गरेको थिय। तर होटेल बुकिङ क्यान्सिल नगरिसकेका पर्यटक र एनआरएनहरुलाई नेपालमा केस नै सुरु नहुदै रोक्नसक्ने अवस्था थिएन। यो संसारभरि नै देखा परिसकेको समस्या थियो र नेपालमा मात्र सचेतना मात्र गर्न उच्च जोखिमको मात्र नियम फ्लो गर्नुपर्ने बाध्यता थियो। 

सरकारले अर्को दक्षिणी देश भारतमा संक्रमणको स्थिति भयावह भएको देखेको र सार्क राष्ट्रले यसलाई साझा रुपमा लिने बैठकको निस्कर्षले मात्र नेपालले अरु राष्ट्रमा महामारीको रुप लिइसकेका राष्ट्रले भन्दा पहिले अन्तर्रा्ष्ट्रिय उडान बन्द गराउने निहुँ पायो र बन्द गर्यो। सरकारको यहि निर्णयमाथि नेपाल सरकारको आधिकारिक मान्यता पाएको एन आर एन आइसिसीका अध्यक्ष कुमार पन्तले नेपालमा आउन पाउने एन आर एनको आफ्नो नैसर्गिक अधिकार खोसिएको बिज्ञप्ति जारी गरे। अनि २ जना अधिवक्ताहरुले सर्बोच्चमा सरकारले नेपाली जनताको देशभित्र आउने अधिकार खोसिएको भन्दै मुद्दा दायर गरेका छन्।

भन्नलाई सजिलो छ तर राष्ट्रिय अन्तराष्ट्रिय नियम कानून ब्यवहारिक परिस्थिति सबै मिलाएर काम हुदै गएका छन्। एक जनापनि मान्छे बिनाको नोक्सानीमा राज्यले जुन कडा कदम चाल्यो यो त मुलुकको चार दिवारभित्र बसेकाहरुलाई त काइदा गर्यो तर जो फ्लाइट रोकिएको कारण भिसा सकिएर बिदेशमा अलपत्र परेकाहरुको समस्या कसले हेर्ने?
राज्यलाई बिप्रेषणको खोलो बगाइदिने आज समस्यामा छन् तिनको कहर कस्ले सुन्ने? जो साहुले कम्पनी बन्द गर्दिएर घर फर्कदा आफ्नै सिमामा समस्यामा छन् तिनको अप्ठ्यारो कसले देख्ने? माछा मिठो भएर के गर्ने? काँडाको पनि ब्यवस्थापन भएन भने घाँटीमा अड्किन्छ भन्ने पनि बुझ्न जरुरी छ।
                                                                                                                     (हालः सिकागो अमेरिका)