कोरोना संक्रमित ५ लाख नजिक, मृतक संख्या २१ हजार

काठमाडौँ। विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ५ लाख नजिक पुगेको छ। मृतकको संख्या २१ हजार कटेको छ।

पछिल्लो तथ्यांक अनुसार कुल ४ लाख ७१ हजार ४ सय ७१ जनामा कोरोना भाइरसको संक्रमण भइसकेको छ। मृतकको संख्या २१ हजार २ सय ९५ पुगेको छ। संक्रमितमध्ये १ लाख १४ हजार ६ सय ४२ जना उपचारपछि स्वस्थ भएका छन्।

मृतकको संख्यामा इटाली र स्पेनले चीनलाई उछिनेका छन्। इटालीमा ७४०३, स्पेनमा ३६४७, इरानमा २०७७, फ्रान्समा १३३१, अमेरिकामा १०३२ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ।

कोरोना संक्रमित संख्यामा सबैभन्दा अगाडि चीन नै छ। चीनमा ८१२८५ संक्रमित भेटिइसकेका छन् । चीनलाई इटाली र अमेरिकाले उछिन्ने अवस्था बनिरहेको छ । इटालीमा ७४३८६, अमेरिकामा ६८४२१, स्पेनमा ४९५१५, जर्मनीमा ३७३२३, इरानमा २७०१७, फ्रान्समा २५२३३, स्वीटजरल्यान्डमा १०८९७, बेलायतमा ९५२९, दक्षिण कोरियामा ९२५१, नेदरल्यान्डमा ६४१२ जना संक्रमित भइसकेको तथ्यांक छ।

अन्य सम्बन्धित समाचार:  माफिया शैलीमै मेडिकल सामानमा ब्रम्हलुटको तानाबाना (के-के भएको थियो? भिडियो हेर्नुहोस्)