चर्चित बलिउड अभिनेत्री निम्मीको निधन

काठमाडौँ। बलिउड नायिका निम्मीको ८८ वर्षको उमेरमा निधन भएको छ। बुधबार बेलुकी उनको मुम्बईस्थित सरला नर्सिङ होममा मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

सन् १९४९ देखि १९६५ सम्म उनले बलिउडमा अभिनय गरेकी थिइन्। उनले बलिउडमा वे आन, उडन खटोला, भाइ भाइ, कुन्दन, मेरे महबुब जस्ता धेरै फिल्ममा अभिनय गरेकी छिन्। त्यसबेला प्रख्यात अभिनेत्रीको रुपमा उनले आफूलाइ चिनाएकी थिइन्। बलिउडमा प्रवेश गरेपछि उनले आफ्नो नाम निम्मी राखेकी थिइन्।

निम्मी लामो समयदेखि बिरामी थिइन्। नायिकाको निधनमा बलिउड नै शोकमा परेको छ।

अन्य सम्बन्धित समाचार:  आमा तिमीलाई एक दिन— बिमला भुषाल