रोगबाट बच्न भोक स्विकार्नु पर्ने नहोस्, विशेष प्याकेजको घोषणा गर्न माग

काठमाडौं। दैनिक ज्यालादारीमा आफ्नो र परिवारको जीवन निर्वाह गर्नेहरुकालागि तुरून्तै विशेष प्याकेजको घोषणा गर्न माग गरिएको छ। विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना संक्रमण (कोभिड १९) नियन्त्रणका लागि सरकारले चालेको कदम र प्रयास स्वागतयोग्य रहेको भन्दै दिनदिनै कमाएर जीवन गुजारा गर्नपर्नेहरूलाई विशेष प्याकेजको घोषणा गर्न सरकारसंग राहातको माग गरिएको हो।

संक्रमण या बन्दाबन्दीको अवस्था लम्बिएको खण्डमा दैनिक ज्यालादारीमा गुजारा गर्नेहरूका लागि भयावहपूर्ण स्थिति सृजना हुन सक्ने तर्फ सजग रहँदै ति वर्गले रोगबाट बच्न भोक स्विकार्नु पर्ने वाध्यता नहोस् भन्दै कल्याण श्रेष्ठ, शुसिला कार्की, केदारभक्त माथेमा, दुर्गा सुवेदी र रवीन्द्र मिश्रले आग्रह गरेका छन्।

उनीहरुले प्याकेजमा निशुल्क रासन, बेतनसहितको विदा, बालबच्चाको स्कूलमा फि मिनाह, निशुल्क उपचारको व्यवस्थकोलागि स्थानीय सरकारहरूमार्फत कार्यानवयन गर्न सरकारसंग माग गरेका छन्। साथै संकटको घढीबाट पार पाउन सकारात्मक सोचका साथ एक भएर अघि बढ्न सम्पूर्ण राजनीतिक नेतृत्व तथा आम सर्वसाधारणलाई उनीहरुले आग्रह समेत गरेका छन्।

अन्य सम्बन्धित समाचार:  भारतमा कोरोनाबाट एकैदिन ४ हजार ९२ जनाको मृत्यु