कोरोनाबाट दक्षिण एसियामा २७ को मृत्यु, दुई हजार संक्रमित

काठमाडौँ। दक्षिण एसियामा कोरोना ९कोभिड १९० भाइरसबाट २७ जनाको ज्यान गइसकेको छ। दक्षिण एसियाली देश मध्ये भारतमा सबैभन्दा धेरै १२ जनाको ज्यान गएको हो।

त्यस्तै, पाकिस्तानमा ८, बंगलादेशमा ५ र अफगानिस्तानमा २ जनाको ज्यान गएको छ।
बिहीबार विहानसम्म दक्षिण एसियामा संक्रमितको संख्या करिब हजार पुगेको छ। सबैभन्दा बढी पाकिस्तानमा १ हजार ६३ संक्रमित छन्। उनीहरू मध्ये २१ जना निको भइसकेका छन् । पाँच जना भने गम्भिर विरामी छन्।

भारतमा ६६४, श्रीलंकामा १०२, अफगानिस्तानमा ८४ र बंगलादेशमा ३९ जनामा यो भाइरस भेटिएको छ। माल्दिभ्समा १३, नेपालमा ३ र भुटानमा पनि २ जनामा यो भाइरसको संक्रमण देखिएको छ।

अन्य सम्बन्धित समाचार:  माधव नेपालको प्रष्टीकरणः लोकतन्त्र सुरक्षित गर्न ओलीलाई विश्वासको मत दिएनौं (पूर्णपाठ)