कोरोना सम्बन्धी अफवाह फैलाउने अनलाइनलाई काउन्सिलले माग्यो स्पष्टीकरण

काठमाडौँ। कोरोना भाइरस (कोभिड-१९) सँग सम्बन्धित प्रकाशित, प्रसारित समाचारमा प्रेस काउन्सिल नेपालले विशेष अनुगमन थालेको छ।

काउन्सिलले भाइरस सङ्क्रमण सम्बन्धमा अफवाह फैलाई जनजीवन त्रस्त पार्ने सामग्री सम्प्रेषण हुन थालेपछी चारसंहिता पालनामा झन् कडाइ गरिएको बताएको छ। अनुगमनको क्रममा १० चैतमा २१ वटा अनलाइन र ११ चैतमा एउटा अनलाइनलाई पत्राचार गरी २४ घण्टे स्पष्टीकरण सोधिएको छ।

त्यस्तै, दर्ता नभएका र सूचीकरण नगरिएका ५ वटा अनलाइनलाई नेपालमा नखुल्ने बनाइएको पनि काउन्सिलले जनाएको छ। काउन्सिलका अनुसार, दैनिक ७ जनाका दरले कार्यालयमा उपस्थित भएर र बाँकी कर्मचारीले घरघरबाटै अनुगमन गर्ने गरिएको छ।

नेपाल पत्रकार महासङ्घ र काउन्सिलले अहिलेको संवेदनशील समयमा सबै सञ्चार माध्यमलाई सत्यतथ्य, आधिकारिक समाचार सामग्री प्रकाशन तथा प्रसारण गर्न आग्रह गर्दै आचारसंहिता नै जारी गरेको छ।

अन्य सम्बन्धित समाचार:  नेपालमा कोरोना संक्रमितको नयाँ रेकर्ड–थप ९०७० जनामा संक्रमण पुष्टि