अदालतको निर्देशनपछि बन्दीहरू छुट्ने क्रम सुरु

विराटनगर।  सर्वोच्च अदालतको निर्देशनपछि एक वर्ष कैद सजाय तोकिएका बन्दीहरू छुट्ने क्रम सुरु भएको छ।

कोरोनाको संक्रमणलाई मध्यनजर गर्दै मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १५५ को व्यवस्थाबमोजिम उनीहरूलाई छाड्न थालिएको हो।

कैदवापत प्रतिदिन रु। ३ सयका दरले रकम लिई छाड्न् प्रक्रिया सुुरु गरिएको विराटनगरका जेलर सुवास लामिछानेले बताए। उनका अनुसार, ‘‘ विराटनगर कारागारमा यस्ता कैदी २२ जना थिए। एक जना छुटिसके, तेह्र जना प्रक्रियामा आएका छन्।’’

त्यस्ता कैदीलाई अदालतमा उपस्थित गराएर आवश्यक कानुनी प्रक्रिया पु¥याई छाड्न थालिएको उच्च अदालत विराटनगरका उपसचिव मणिराम पोखरेलले जानकारी दिए। त्यस्तै अदालती प्रक्रियाबाट बाल सुधार गृहमा पठाइएका बालबालिकालाई पनि अदालतमा उपस्थित गराई अभिभावकलाई जिम्म दिन थालिएको छ। खोजेका बेला उपस्थित गराउने गरी जिम्म दिइएको उपसचिव पोखरेलले बताए।

अन्य सम्बन्धित समाचार:  सिंहदरबारमा सीसीएमसी बैठक जारी

बलसुधार गृह विराटनगरका अनुसार हिजोसम्म चारजनालाई अभिभावकको जिम्मा लगाइएको छ। आज पनि अदालती प्रक्रिया पूरा गरी थप पाँच जनालाई अभिभावकको जिम्मा लगाइनेछ।’’ बाल सुधार गृहमा बालबिज्याईंसम्बन्धी मुद्दामा अदालतबाट फैसला भएका बालबालिकालाई राख्ने गरिएको छ। कोभिड १९ को महामारीका कारण जेल र सुधार गृहमा संक्रमण फैलन सक्ने भएपछि उनीहरूलाई छाड्न अदालतलेसमेत सहजीकरण गरेको छ।