कोरोना बिरूद्धको लडाईं-सूर्यराज आचार्य

Latest Nepali News, Politics, Videos, Entertainment & Sports

कोरोना लडाईंको नेतृत्व सरकारले नै गर्ने हो। नागरिक सहयोगि हुने हो। यो बेलामा सरकारको विश्वसनीयतामा कत्ति पनि शंका उठ्नु हुँदैन। सरकारका निर्णयहरू तथ्य र विज्ञानमा आधारित र सु–सूचित हुनु जरूरी छ।

यसका लागि उच्चस्तरीय सरकारी समितीलाई सघाउने गरी सरकार भित्र र बाहिरका मिलाएर विज्ञ टोली बनाउँदा निर्णयको विश्वसनीयता बढ्नेछ।

कोरोनाको लडाईंको रणनीति र कदमका निर्णयकर्ताले यि बिषयको आधारभूत ज्ञान राख्दा बेश! कमसेकम उच्च नेतृत्व र नीति निर्माताले विषय विज्ञबाट नियमित ब्रिफिङ लिनु उपयुक्त (पक्कै भैरहेको पनि होला)।

कोरोना भाइरस विज्ञान
( कोभिड–१९ सरूवारोग विज्ञान)
(अस्पताल सेवा–साधन, क्षमता र व्यवस्थापन)
(स्वास्थ्यकर्मीको सुरक्षा–साधन र प्रबन्ध)
(महामारी व्यवस्थापन (मिटिगेसनरसप्रेसन( टेस्टिङ, आईसोलेसन, लकडाउन आदि)
(अन्य मुलुको असल र खराब अनुभव)
( सामाजिक–आर्थिक प्रभाव –अलपकालीन र दिर्घकालीन)
( जोखिम र विपन्न समुहको सुरक्षा, तत्काल राहत)

अन्य सम्बन्धित समाचार:  देशभर थप ७ हजार ३६८ जनामा कोरोना संक्रमण पुष्टि