अब ग्यास किन्दा आधा सिलिन्डर मात्र पाइने

काठमाडौँ। नेपाल आयल निगमले सिलिन्डर आधा मात्र भरेर बजारमा पठाउन ग्यास उद्योगीलाई निर्देशन दिएको छ।

यसअघि एक सिलिन्डरमा १२ किलो २ सय ग्राम किलो ग्यास हुँदै आएकोमा अब ७ किलो १ सय ग्राम मात्रै हुने निगमले जनाएको छ। माग अनुसार पुर्याउन नसकिने अवस्था आएकोले आधा सिलिन्डर ग्यास मात्रै बेच्ने निर्णय भएको निगमले जनाएको छ।

यसअघि भारतले लगाएको अघोषित नाकाबन्दीमा पनि आधा मात्रै सिलिन्डर भरेर वितरण गरिएको थियो। कोरोना भाइरसको श त्राससँगै देशभर ग्यासको माग बढिरहेको छ। सुरुमा ग्यास आपूर्ति भएको तर उपभोक्ताले धेरै सञ्चय गरेकोले माग धान्न आधा सिलिन्डर मात्रै बिक्री गर्न निर्देशन दिइएको निगमले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  विवाहमा १५ जना जन्ती र दुईवटा गाडी लैजान पाइने