रेडियो प्रस्तोताले कार्यक्रममै जन्माइन् बच्चा

Prabhu Bank

काठमाडौँ। अमेरिकामा एक रेडियो कार्यक्रम प्रस्तोताले रेडियो कार्यक्रम चलाउँदा चलाउँदै बच्चा जन्माएकी छिन्। अमेरिकाको सेन्ट लुइसस्थित ‘द आर्क स्टेशन’की प्रस्तोता केसेडे प्राक्टरले लाइभ कार्यक्रम चलाउँदै गर्दा बच्चा जन्माएकी हुन्।

Saftey Pads

उनले बच्चा जन्माउँदै गरेको प्रसव पीडा र सुत्केरीको पनि रेडियोमा प्रत्यक्ष प्रसारण गरिएको समाचारमा जनाईएको छ। कार्यक्रम चलाउने क्रममा नै उनको प्रसव पीडा सुरु भएको थियो । उनलाई तत्काल अस्पताल लगिएको थियो। समाचारमा जनाइए अनुसार अस्पताल भित्रबाट पनि उनी सुत्केरी भएको प्रत्यक्षण प्रसारण गरिएको थियो।

यो आफ्नो लागि एक शानदार अनुभव भएको बिबिसीसँगको कुरामा उनले बताएकी छिन्। सुत्केरी हुने भनेर डाक्टरले दिएको मितिभन्दा पहिले नै प्रसव पीडा सुरु भएको र अचानक कार्यक्रमको पनि तयारी गर्नु परेको जनाईएको छ।

अन्य सम्बन्धित समाचार:  घानामा चर्च भवन भत्किँदा २२ जनाको मृत्यु

जन्मिएको बच्चाको नाम रेडियोका श्रोताहरूले नै जुराई दिएका छन्। बच्चाको नाम जेमसन राखिएको छ। बच्चाको नाम के राख्ने भनेर रेडियोमा भोटिङ गरिएकोमा सबैभन्दा धेरै श्रोताहरूले रोजेको आधारमा बच्चाको नाम जेमसन राखिएको उनले बताएकी छिन्। समाचारमा उल्लेख भए अनुसार प्राक्टर अहिले रेडियो कार्यक्रमबाट टाढा भएकी र केही दिनका लागि सुत्केरी विदामा बसेकी छिन्।

Maruti Cement