कोरोना विरुद्धको लडाइँमा नेयमारको ७ लाख ६९ हजार युरो सहयोग

काठमाडौँ। पेरिस सेन्ट जर्मन (पिएसजी) का ब्राजिली स्टार नेयमारले कोरोना भाइरसको महामारी विरुद्धको अभियानका लागि युनिसेफको ऐक्यबद्धता कोषमा ७ लाख ६९ हजार युरो सहयोग गरेका छन्।

युनिसेफको कोषले कोरोना भाइरसबाट सङ्क्रमितहरूको उपचारमा सहयोग गर्नेछ। बार्सिलोनाका पूर्व फरवार्ड नेयमार कोरोना भाइरसविरुद्धको लडाइँमा नगद सहयोग गर्ने पछिल्ला स्टार खेलाडी हुन्। चीनको उहानमा पहिलो पटक देखिएको कोरोना भाइरसको सङ्क्रमण विश्वव्यापी रुपमा फैलिँदा ५० हजार भन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन्।

यसअघि ‘म्याच अफ दी डे’का सञ्चालक एवं इङ्ग्ल्यान्डका पूर्व अन्तर्राष्ट्रिय फुटबलर ग्यारी लिनेकरले १७ लाख ५० हजार युरो कोरोना विरुद्धको अभियानका लागि सहयोग गरिसकेका छन्। यसैगरी विश्व नम्बर एक टेनिस स्टार नोभाक जोकोभिचले आफ्नै देश सर्बियामा १० लाख युरो सहयोग गरेका छन्।

अन्य सम्बन्धित समाचार:  क्वारेन्टाइनमा बसेका बालकको मृत्यु