कारोनाको संक्रमण नदेखिएका विश्वका यी १८ देशहरु

काठमाडौं । विगत दुई महिनादेखि संसारभरि हावी भएको एक मात्र विषय छ कोरोना भाइरसको महामारी, जुन जताततै विनाशकारी छ। विश्वव्यापी रूपमा कोरोना भाइरसबाट एक मिलियन भन्दा बढी मानिसहरूलाई संक्रमित भइसकेका छन्। ५३ हजार भन्दा बढीको मृत्यु भइसकेको छ। अहिले सम्म यसको नियन्त्रण गर्न ठोस उपाय कसैले पनि फेला पारिसकेका भने छैनन्। चीनबाट सुरु भएको यो भाइरस अहिले विश्वभरि नै फैलिसकेको भएपनि १८ देशमा प्रभाव नदेखिएको जनाइएको छ।

कोरोना भाइरसको प्रभाव नदेखिने देशहरुको सूची यस प्रकार छ :

कोमोरोज, किरिबाटी, लेसोथो, मार्शल टापु, माइक्रोनेसिया, नउरु, उत्तर कोरिया, पलाउ, सामोआ, साओ टोमे र प्रिन्सिपे, सोलोमन टापु, दक्षिण सुडान, ताजिकिस्तान, टोंगा, तुर्कमेनिस्तान, टुभालु , भानुआटु, यमन ।

अन्य सम्बन्धित समाचार:  काभिड–१९ बाट नेपालमा थप १ जनाको मृत्यु, संख्या ६ पुग्यो

माथि उल्लेखित देशहरुमा अहिलेसम्म कोरोना भाइरसको प्रकोप नपाइएको जनाइएको छ।