आगलागीबाट ३० घर जलेर नष्ट

कपिलवस्तु। कपिलवस्तुको विजयनगर गाउँपालिका–१, गुगौलीमा आगलागी हुँदा करिब ३० ओटा घर जलेर नष्ट भएको छ। शुक्रबार अपराह्‍न करिब ४ बजे काशीराम यादवको घरबाट सल्किएको आगो गाउँभरी फैलिएको हो।

दिउँसो खाजा बनाएपछि निभाउनका लागि चुलो बाहिर निकालिएको आगोले ठूलो रूप लिएको जनाइएको छ। आगलागीबाट मानवीय क्षति भने भएको छैन। आगो फैलँदै गएपछि स्थानीहरू सुरक्षित स्थानमा जानुका साथै गाईवस्तुलाई पनि सुरक्षित स्थानमा लगिएका थिए।

स्थानीयको साथमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले आगो नियन्त्रणमा लिएको छ।

अन्य सम्बन्धित समाचार:  रुकुम घटनामा २० जनाविरुद्ध किटानी जाहेरी