लकडाउन खुलेलगत्तै एसईई

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले लकडाउन खुलेलगत्तै माध्यमिक शिक्षा परीक्षा (एसईई) हुने जनाएको छ। त्यसको निम्ति परीक्षार्थीले तनाव नलिई परीक्षा तयारी गर्न भनेको छ। मन्त्रालयले कोभिड–१९ को त्रासका कारण चैत ६ गतेबाट हुने परीक्षा स्थगित गरेको थियो।

चैत २५ गते लकडाउन सकिएलगत्तै सरकारले गर्ने निर्णयपछि एसईई परीक्षाको नयाँ तालिका सार्वजनिक गरिने छ। त्यसैले परीक्षाको तयारीमा रहेका विद्यार्थीले तनाव नलिई आफ्नो पाठ्यपुस्तक रिभिजन गर्न आग्रह गरिएको छ। अनावश्यक हल्लाको पछाडि नलाग्न पनि अनुरोध गरिएको छ।

परीक्षा तयारीमा रहेका विद्यार्थीले घरमै बसेर एसईई परीक्षालाई लक्षित सामग्री हेर्न, पढ्न सक्ने व्यवस्था रहेको मन्त्रालयले जनाएको छ।  ‘मन्त्रालयको वेबसाइट, युट्युब र टेलिभिजनमा केही विषयका परीक्षा तयारी सामग्री पढ्न, हेर्न र बुझ्न पाउने व्यवस्था छ।

अन्य सम्बन्धित समाचार:   क्वरेण्टीनमा राखिएका युवकको मृत्यु

यो वर्ष ४ लाख ८२ हजार ७ सय ७ जनाले एसईई दिने तयारीमा रहेको राष्ट्रिय परीक्षा बोर्डको रेकर्डमा जनाइएको छ।