बिरगंजका २ र जनकपुरका १ पत्रकारमा भेटियो कोरोना संक्रमण

काठमाडौं। नेपालमा कोरोना संक्रमितको संख्या २१७ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार भर्खरै आएको रिपोर्टमा थप २६ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै मंगलबार मात्रै ८३ जनामा कोरोना संक्रमण देखिएको हो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँमा गरिएको परीक्षणमा उक्त नयाँ पुष्टि भएको हो। जसमा जनकपुरका १ र बिरगंजका २ पत्रकारमा समेत संक्रमण देखिएको हो।

अन्य सम्बन्धित समाचार:  ग्वाङ्जाओबाट स्वास्थ्य सामग्री ल्याइयो