निजगढबाट एम्बुलेन्समा काठमाण्डौं गएका थिए संक्रमित ७ वर्षे बालक (भिडियो रिपोर्ट)

श्याम गुप्ता, बारा ।बिहीवार ७ वर्षीय बालकलाई कोरोना भाइरस पुष्टि भएको छ। कोरोना पुष्टि भएका बालक वैशाख ६ गते बाराको निजगढ नगरपालिका वडा नं १२ रामथलिबाट निजगढ नगरपालिकाको एम्बुलेन्समा काठमाण्डौ गएका थिए।

दोलखा घर भई हाल चन्द्रगिरी नगरपालिका दहचोकमा बस्दै आएका ७ वर्षीय बालक परीक्षा सकेर विद्यालय बन्द भए पछि निजगढ नगरपालिका वडा नं १२ मा रामलाल थिङको (मामाघर घरमा) आमा सहित चैत ९ गते आएका थिए।

तराईका जिल्लाहरूमा कोरोना भाइरसको सङ्क्रमण सुरु भए पछि उनीहरु काठमाण्डौ जाने प्रयासमा रहेको बेलामा उनका एक आफन्त वर्ष २२ की रिमा चौधरी बिरामी भए पछि उक्त एम्बुलेन्समा वैशाख ६ गते उनीहरु पनि काठमाण्डौ फर्किए।

एम्बुलेन्समा गएका बिरामीलाई उपचारका लागि टिचिङ अस्पताल लगिएको १२ नं वडाका अध्यक्ष ज्ञान बहादुर गोलेले बताए।

अन्य सम्बन्धित समाचार:  ललितपुरमा कोरोना भाइरसका कारण १ जनाको मृत्यु

अहिले उक्त बालक रहेको पुरै टोललाई सिल गरिएको र उक्त बालकसँग सम्पर्कमा आएको व्यक्तिको खोजी भइरहेको इलाका प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरीक्षक विकास थपलियाले बताए।

उनिहरूसँग अरु ६ ‚७ जना मानिसहरू पनि एम्बुलेन्समा गाएको स्थानीयले जानकारी दिए। बारामा हाल सम्ममा ३ जनामा कोरोना भाइरस कोभिड १९ को सङ्क्रमण पुष्टि भएको छ।

आफ्नैं गाँउमा बसेर गएका ७ बर्षीय बालकलाई विहिवार मात्रै संक्रमण पुष्टि भए पछि स्थानीय त्रसित भएका छन्।