मेयरलाई भनेपछि मात्र छोरालाई क्वारेन्टाईनमा राखियो- वडा अध्यक्ष शाह

सप्तरी। भारतको डिल्लीमा इन्जिनियरिङ गर्दै आएका सप्तरी बोदे बरसाईन वडा नम्बर ६ घर भएका एक युवकलाई कोरोना भाइरसको जोखिम बढेसँगै बैशाख ३१ गते भारतको बोर्डर मार्फत जिल्ला ल्याइएको थियो।

भारतमा कोरोना सङ्क्रमण ज्यादा रहेको कारण परिवारले बोदे बरसाइन नगरपालिकाको क्वारेन्टाइनमा बस्न आग्रह गरे बमोजिम उनलाई सिधैं त्यहाँ पठाइएको भएपनि क्वारेन्टाइनमा रहेका नर्स र त्यहाँ खटिएका सशस्त्र प्रहरी इन्सपेक्टरले निज विपिन शाहलाई बोलाएर सोधपुछ गरेपछि क्वारेन्टाइन भारतीय नागरिकको लागि नभएको भन्दै फर्काएको युवक विपिन शाहका बुबा अर्थात बोदे बरसाईन नगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष जयराम शाहले जानकारी गराएका छन्।

जबकी आफ्नै बाबु वडाअध्यक्ष भएकै कारण उनले सम्भावित कोरोनाको जोखिमबाट बचाँउन र सङ्क्रमण फैलिन नदिन छोरालाई क्वारेन्टाइनमा पठाएपनि फर्काइएको कारण सुरक्षित रुपमा त्यसदिन घरमै ल्याएर राखेको र भोलिपल्ट मात्र बोदे बरसाईन नगरपालिकाका मेयरलाई जानकारी गराएपछि मात्र पुनः क्वारेन्टाइनमा राखिएको बताईएको छ। जबकी अघिल्लो दिन ति युवकले नेपाली नागरिक नै भएको परिचय पत्र देखाएको समेत निजका बाबु जयराम शाहले बताए।

अन्य सम्बन्धित समाचार:  वीरगञ्जमा उपचाररत २१ कोरोना सङ्क्रमित निको भएर डिस्चार्ज