रौतहट र बारामा ९ जना कोरोना संक्रमित भेटिए, संक्रमितको संख्या ३ सय ४ पुग्यो

रौतहट र बारामा सोमबार विहान ९ जना कोरोना संक्रमित भेटिए

रौतहट।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रौतहट र बारामा सोमबार विहान ९ जना कोरोना संक्रमित भेटिएका छन्।रौतहटको इशनाथ नगरपालिकामा ८ जना र बाराको करैयामाईमा एक जना कोरोना संक्रमित भेटिएका हुन्।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा रौतहटको इशनाथ नगरपालिका– २, ३, ६, र ९ नम्बर वडाका निवासी २१, २१, २३, २५, २९, ३० वर्षका पुरुष र माधवनारायण नगरपालिका ३ निवासी २८ वर्षकी महिलामा कोरोना संक्रमण पुष्टि भएको हो।

त्यस्तै बाराको करैयामाई ५ का ३८ वर्षका पुरुषमा पनि कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ४ पुगेको छ।

अन्य सम्बन्धित समाचार:  थप ११४ जनामा कोभिड–१९ संक्रमण, संख्या ८८६

बाराको एक जना पुरूष पत्रकारलाई कोरोना सङ्क्रमण

बाराको करैयामाई बस्ने एक जना पुरूष पत्रकारलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ।  उनी जिल्लाको कलैया स्थित एक स्थानीय एफएममा काम गर्दै आएका थिए। यो सँगै पर्सामा २ , जनकपुरमा १ र बारामा १ जना गरि ४ जना सञ्चारकर्मीमा कोरोना पोजेटिभ पुष्टि भएको हो।