मालबाहक ट्रकका कारण सङ्क्रमणको खतरा बढ्न सक्ने (भिडियो रिपोर्ट)

श्याम गुप्ता,बारा।

बाग्मती प्रदेशमा कोरोना सङ्क्रमण बढेसँगै मकवानपुर जिल्ला प्रशासनले प्रदेश दुईबाट भित्रने सडकमा प्रतिबन्ध लगाएको छ। यससँगै दर्जनौं सवारी साधन बाराको पथलैयामा रोकिएका छन्। कोरोना सङ्क्रमण बढेसँगै प्रदेश १ र दुईबाट आएका सवारी प्रदेश ३ मा प्रवेश गर्न नदिनु नै राम्रो हुने सर्वसाधारणको प्रतिकृया छ।

किनभने यसरी सबारीसाधन ओहोर दोहोर गर्दा अझ सङ्क्रमणको दर चारैतिर फैलिन सक्ने भन्दै सुरक्षा सर्तकता बढाइएको भएपनि धनुषा घर भएका एक जना २८ वर्षीय पुरुषले २० दिनदेखि काठमाडौंमा निर्माणसँग सम्बन्धीत सवारी साधन चलाएबाट सङ्क्रमणको अबको अवस्था माथि प्रश्न गर्न मिल्ने आधारहरू देखिएका छन्। यस अवधिमा उनी कहाँ कहाँ गए कसलाई भेटे भन्ने प्रश्न  उठेको छ।

अन्य सम्बन्धित समाचार:  नेपालमा कोभिड–१९ बाट संक्रमितको संख्या १ हजार नाघ्यो

यसर्थ सवारी साधन चलेर मान्छेहरू चलायमान हुने र जोखिम बढ्ने भन्दै रोक लगाइएको समयमा अन्य प्रदेशबाट मालसामानको आवश्यकता र महत्व हेरेर मात्र प्रवेशमा सहजता दिनु पर्ने आवाज सामाजिक सञ्जालमा समेत उठेको छ।

तसर्थ यो समयमा दर्जनौँ सवारीसाधनलाई एक प्रदेशबाट अर्को प्रदेशमा सहज किसिमले गुड्न दिदां समस्या आउन सक्ने भन्दै सम्बन्धीत प्रदेश सरकारले चालेको कदमको पालना र स्वागत गर्नु नै उचित होला।

त्यसो त काठमाडौँ उपत्यकामा रहेको जनसङ्ख्या घटेको कारण अहिलेको जनसङ्ख्यालाई स्थानीय तरकारीले पुग्ने र अन्य खाद्यान्न पनि मौज्दात रहेको अवस्थामा अन्य प्रदेशबाट ल्याउन आवश्यक नरहेको काठमाडौंका मेयर विद्या सुन्दर शाक्यले केही दिन अघि बताएका थिए।

लकडाउन कडा पार्दै बाहिरी जिल्लाबाट आएको गाडीलाई निषेध गरिएको कारण अत्यावश्यक बाहेकका सवारीलाई
प्रवेशमा रोक लगाउने निर्णय रहेको प्रदेश दुई ट्राफिक प्रहरी कार्यालय , पथलैया बाराका प्रमुख श्याम कुमार महतोले बताए।

अन्य सम्बन्धित समाचार:  सोती हत्याकाण्डमा संलग्न भएको आरोपमा १८ जना पक्राउ

सिमेन्ट , छड , इँटा , जस्ता निर्माण सामग्री र कृषि जन्य उत्पादन बोकेर आएका मालबाहक ट्रकहरू बाराको पथलैया चेक प्वाइन्टमा रोकिएका छन्। तर यी सामग्री अहिलेको समयमा आवश्यक नदेखिएको कारण उद्योगीहरूले पनि समयको ख्याल गर्दै अनावश्यक रुपमा बढ्न जाने आर्थिक बहनलाई बुझेर मालसामान ढुवानी नगर्दा नै उचित हुने देखिन्छ।

मालबाहक सवारी रोकिए सँगै चालकहरुबाट भाईरस सर्ने डरका कारण स्थानीय र प्रहरीले चालकलाई सवारी अन्यत्र लैजान दबाब दिन थालेको देखिन्छ। चलकहरुले पनि यो समयमा बुद्धिमता पुराउनु नै उचित पो होला कि?