ब्राजिलमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ४० हजार नाघ्यो

काठमाडौँ। ब्राजिलमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ४० हजार नाघेको छ। बिहीबार एकै दिनमा १ हजार १५३ जनाको मृत्यु भएपछि कुल मृत्यु हनेको संख्या २० हजार ४७ पुगेको हो।

अमेरिकामा पनि बिहीबार १ हजार ३५९ जनाको मृत्यु भएको छ भने हालसम्म  कुल ९६ हजार २ सय ९५ जनाको मृत्यु भइसकेको छ। पछिल्लो समय यो सबैभन्दा बढी प्रभाावित क्षेत्र हो।

यसैगरी विश्वभरिमा कुल ३ लाख ३४ हजार ९२ जनाको कोभिड–१९ का कारण मृत्यु भइसकेको छ। अहिले सम्म कुल संक्रमितको संख्या ५१ लाख ८९ हजार ४ सय ८८ छ। यस्तै २० लाख ७८ हजार ५ सय ६१ जना निको भइसकेका छन्।

अन्य सम्बन्धित समाचार:  कोरोना संक्रमितको संख्या ८ सय ७० पुग्यो