कोभिड–१९का संक्रमितको शव उठेन

बुटवल। कोभिड–१९ को संक्रमणबाट मृत्यु भएका गुल्मीका ४१ वर्षीया पुरुषको शव अहिलेसम्म व्यवस्थापन हुन सकेको छैन्। बुटवलको क्रिमसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।

अस्पतालको लापरबाहीका कारण बिरामीको मृत्यु भएको आरोप लगाउँदै शव उठाउन नमानेका हुन्। बिरामीको अवस्था जटिल बन्दै गएपति उनलाई भेन्टिलेटरमा राखिएको थियो। तर भेन्टिलेटरमा राखिएपछि उपचार नगरिएका कारण बिरामीको मृत्यु हुन पुगेको आफन्तले आरोप लगाएका छन्।

अन्य सम्बन्धित समाचार:  थप ७६ जनामा कोभिड संक्रमण, कुल संख्या ९६२ पुग्यो