पूर्वमन्त्री आफताब आलमको घरमा प्रहरीकोे खानतलासी

रौतहट। पूर्वमन्त्री आफताब आलमको घरमा प्रहरीले खानतलासी गरेको छ। राजपुर बमकाण्डका अभियुक्त रहेका
अभियुक्त महताब आलमलाई पक्राउ गर्न प्रहरीले बिहीबार राति १२ बजे राजपुरमा रहेको आफताब आलमको घरमा छापा मारेको थियो। प्रहरीका अनुसार आफतावका भाइ महताव दाजुको घरमा रहेको गोप्य सुचनाको आधारमा सर्च गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख उपरीक्षक रविराज खड्काले बताएको भन्दै स्थानीय पत्रकारले उल्लेख गरेका छन्।

अभियुक्तको रुपमा रहेका महताव आलमलाई पक्राउ गर्न प्रहरी टोली आफताब आलमको घरमा गएको जनाँउदै प्रहरीले खानतलासीका क्रममा परिवारजन र स्थानीयले प्रहरीलाई अवरोध गर्दै प्रहरीमाथि नै हातपात गर्न खोजेपछि १२ राउण्ड गोली हवाइ फायर गरेको प्रहरी उपरीक्षक खड्काले बताएका छन्।

अन्य सम्बन्धित समाचार:  वीरगञ्जमा उपचाररत २१ कोरोना सङ्क्रमित निको भएर डिस्चार्ज 

राजपुर बमकाण्ड घटनाका आरोपी मोहम्मद महताब आलम, मोहम्मद मोबिन आलम, शेख भदई, शेख सेराज, शेख फजले हक, सगिर आलम, शेख मलकार, बद्री सहनी, मुक्ति साह लयायतका व्यक्ति प्रहरीको फरार सूचीमा रहेका छन्। मध्यरातमा प्रहरीले गरेको खानतलासीको स्थानीयले विरोध गरेका छन् ।

२०६४ चैत्र २७ गते राजपुर फरहदवामा रहेको नेपाली कागें्रसका पूर्वमन्त्री शेख इद्रिसको घरमा बम विस्फोट भएको थियो। पहिलो संविधान सभा निर्वाचनको पूर्वसन्ध्यामा भएको सो विस्फोटमा परी मृत्यु भएका र घाइते भएकाहरुलाई नजिकैको इँटा भट्टामा लगेर पोलेको आरोप आलममाथि लागेको छ।