थप २ जना पत्रकारमा कोभिड–१९ भएको पुष्टि

काठमाडौँ। शुक्रबार विहान स्वास्थ्य मन्त्रालयले अद्यावधिक गरेको कोभिड–१९ संक्रमितको तथ्याङ्कमा ३० जना नयाँ संक्रमित भेटिएका थिए। जसमध्ये २ जना कपिलवस्तुका पत्रकार रहेको बुझिएको छ।

यस्तै कपिलवस्तुमा शुक्रबार संक्रमित देखिनेको संख्या ९ रहेको छ। हालसम्म कुल ६९ जना कपिलवस्तु जिल्लामा मात्रै संक्रमित भेटिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा ४८७ जनामा कोभिड–१९ पुष्टि भएको छ।

अन्य सम्बन्धित समाचार:  वीरगञ्जमा उपचाररत २१ कोरोना सङ्क्रमित निको भएर डिस्चार्ज