कोभिड–१९ संक्रमितको शव ३१ घण्टापछि नेपाली सेनाको टोलीले उठायो

बुटवल। गुल्मी मदानेका कोभिड–१९ संक्रमितको शब मृत्यु भएको ३१ घण्टापछि नेपाली सेनाको टोलीले उठाएको छ। बिहीबार क्रिसन अस्पतालमा उनको मृत्यु भएको थियो। बिहान ७ बजे मृत्यु भएका उनको शुक्रबार दिउँसो मात्रै शव उठाइएको हो।

अस्पतालको कमजोरीका कारण उनको मृत्यु भएको भन्दै आफन्तले छानबिन हुनुपर्ने माग गर्दै शव उठाउन मानेका थिएनन्। तर सेनाको प्राविधिक टोली आएर शव व्यवस्थापनका लागि बनेको कागजमा हस्ताक्षर गराएर अस्पतालबाट सुरक्षित ठाउँमा लगिएको रुपन्देही प्रहरी प्रमूख हेमकुमार थापाले बताए।

शवबाहनलाई सेनाले स्टर्किङ गरेको थियो। विद्युतीय शव दाह गृहमा जलाउनु पर्ने कार्यविधि भएपनि उपलब्ध नभएकाले सुरक्षित स्थानमा व्यवस्थापन गरिने प्रहरी उपरीक्षक थापाले जनाए।

अन्य सम्बन्धित समाचार:  कुवेतमा एक नेपालीको मृत्यु, साउदीमा लकडाउन खुकुलो बनाइँदै