अमेरिकामा एकैदिनमा २८ हजारभन्दा बढी कोभिड–१९ का संक्रमित भेटिए

न्यूयोर्क। अमेरिकामा एकैदिनमा २८ हजारभन्दा बढी कोभिड–१९ का संक्रमित भेटिएका छन् भने १ हजार ४१८ जनाको मृत्यु भएको छ। यति धेरै संख्यामा संक्रमितको संख्या देखिएको यो पहिलो पटक हो।

अमेरिकामा मे महिनाको सुरुवातीसँगै सबै ५० वटा राज्य खुल्ला गरिएसँगै संक्रमण बढेको हो। अहिलेसम्म अमेरिकामा मात्रै ९४ हजार ७२९ जनाको ज्यान गइसकेको छ भने १५ लाख ७७ हजार भन्दा बढी संक्रमित देखिएका छन्।

अन्य सम्बन्धित समाचार:  थप ११४ जनामा कोभिड–१९ संक्रमण, संख्या ८८६