थुनुवामा देखियो कोरोना संक्रमण, जिल्ला प्रहरी कार्यालय समेत सिल

बैतडी। जिल्ला प्रहरी कार्यालय बैतडीका एक थुनुवामा कोरोना संक्रमण देखिएको छ। स्वाब संकलन गरी धनगढी परिक्षणको लागि पठाइएको र शुक्रवार नै आएको रिपोर्टमा पोजिटिभ देखिएको डिएसपी दिल्ली नारायण पाण्डेले जानकारी दिए।

कर्तव्य ज्यान मुद्दामा पक्राउ परेर थुनुवा कक्षमा रहेका उनको परिक्षणको क्रममा कोरोना संक्रमण पुष्टि भएको हो।
उनमा कोरोना संक्रमण देखिएपछि जिल्ला प्रहरी कार्यालय समेत सिल गरिएको छ।

अन्य सम्बन्धित समाचार:  ‘नो मास्क, नो राइड’ -कोरियामा मास्क नलगाइ यात्रा गर्न नपाइने