पाकिस्तान इन्टरनेसनल एयरलाइन्सको विमान कराचीमा दुर्घटनाग्रस्त

 एजेन्सी। एक सय सातजना सवार पाकिस्तान इन्टरनेसनल एयरलाइन्सको विमान कराचीमा दुर्घटनाग्रस्त भएको छ।पाकिस्तानको कराँची एयरपोर्टमा ल्याण्ड गर्ने क्रममा विमान दुर्घटनामा परेको हो। दुर्घटनामा मृत्यु हुने र घाइते हुनेको विवरण आएको छैन।

शुक्रबार कराँचीस्थित जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थल नजिकै पाकिस्तान इन्टरनेसनल एयरलाइन्स(पिआइए)को एयरक्राफ्ट ए ३२० एयरबस दुर्घटना भएको हो। उक्त विमानमा आठ चालक दलसहित एक सय सात जना यात्रु सवार थिए।

अन्य सम्बन्धित समाचार:  अमेरिकामा मृत्यु हुनेको संख्या १ लाख नाघ्यो, ब्राजिलमा मृत्युदर सबैभन्दा बढी