लकडाउन अवधिभर विद्यार्थीको शुल्क नलिन निर्देशन

काठमाडौं। निजी विद्यालय सञ्चालकहरूको संगठनले लकडाउनका बेला शुल्क नउठाउन निर्देशन दिएका छन्। उपत्यकाका केही विद्यालयले विद्यार्थीको पढाई खर्च तिर्न पत्र पठाएपछि निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) दुवैले शुल्क नलिन विद्यालयलाई निर्देशन दिएका हुन्।

प्याब्सनका अध्यक्ष टीकाराम पुरीले अर्को व्यवस्था नभएसम्मको लागि लकडाउनको समयको शुल्क कुनै पनि विद्यालयले नउठाउन निर्देशन दिइएको बताए।

अन्य सम्बन्धित समाचार:  तीन महिना नपुग्दै पुनः स्वास्थ्य सचिव फेरिए