ए, मिचाहा मोदी…

-प्रचण्ड भाष्कर

दिल्लीको
एक अस्पतालमा
‘भारतका जङ्गका ऐलान’
भन्ने खबर सुन्दै नेपाल आमाले
एउटा बच्चा जन्माइन्,
राखिदिइन् नाम उसको ‘जङ्ग बहादुर’

नजिकै भित्तामा झुन्डिएको
सेता सेता दाह्री भएको
सेता सेता कपाल भएको
तर ‘इन्द्र’जस्तो
रङ्गी बिरङ्गी नियत भएको
एक ‘अमान्छे’को तस्वीर
नाम चाहिँ नरेन्द्र रे !

आमा चिच्याईन्
“खबरदार ! खबरदार !”
हाम्रो देशमा
तिम्रो दूरदर्शन सम्म ठिक छ
तर तिम्रो झूर दर्शन
हामी पटक्कै हेर्नेवाला छैनौं
हाम्रो कद सानो भएपनि
तिम्रो अहमताको बध गर्न त
हाम्रो ‘बहादुर’ पद नै काफी छ ।

तिम्रो यो जङ्गको
विरुद्धमा युद्ध गर्ने
जङ्गी छोरो जन्माईसकेँ मैले
उसको नाम राखिसकेँ जङ्ग बहादुर
ए सीमा मिच्ने मिचाहा मोदी !
थाहा छ कि छैन तिमीलाई ?
“जङ्ग बहादुरले कहिल्यै हार्न जानेको छैन !
-कञ्चनपुर

अन्य सम्बन्धित समाचार:  थप ११४ जनामा कोभिड–१९ संक्रमण, संख्या ८८६