कोरोनाबाट  कुवेतमा एक नेपालीको  मृत्यु 

योगेन्द्र योगी 
दोहा : कुवेतमा कोरोना भाइरस सङ्क्रमणको कारण एक नेपालीको मृत्यु भएको छ। उनी कुवेतमा कोरोनाका कारण मृत्यु हुने पहिलो नेपाली हुन्।
ललितपुर किर्तिपुर पाँगाका ३८ बर्षिय बिकास महर्जन केही दिनदेखी कुवेतको फर्वानिया हस्पिटलमा उपचाररत थिए र उपचारकै क्रममको उनको मृत्यु भएको जनाइएको छ।
उनी बिगत १८ बर्षदेखि कुवेतमा कार्यरत थिए। मृतकका परीवारलाई जानकारी गराई उनको  कुवेतमै दहसंस्कार गरिने कुवेतस्थित नेपाली दूताबास स्रोतले जमाएको छ।
कुवेतमा शुक्रवार मात्र थप ९५५ जना नया कोरोना भाईरस संक्रमित थपिएको छ। योसॅगै कोरोना संक्रमितको संख्या १९,५६४ जना पुगेको छ । यसमा ८४ जना नेपाली पनि छन्।
पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण ९ जनाको ज्यान गएको छ। यससॅगै कुवेतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १३८ जना पुगेको छ।
अन्य सम्बन्धित समाचार:  थप ७६ जनामा कोभिड संक्रमण, कुल संख्या ९६२ पुग्यो