ब्राजिलमा एकैदिन २० हजार संक्रमित

काठमाडौं। विश्वमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ३ लाख ४० हजार नाघेको छ। यस्तै अहिलेसम्म संक्रमित हुनेको संख्या ५३ लाख ४ हजार भन्दा बढी रहेको छ। यस महामारीबाट अमेरिका, ब्राजिल लगायतका देशहरु सबैभन्दा बढी प्रभावित छन्।

दिनदिनै नयाँ रेकर्ड कायम भइरहेको छ। अमेरिकामा मृत्यु हुनेको संख्या १ लाखको नजिक पुगेको छ भने संक्रमित को संख्या १६ लाख ४५ हजार भन्दा बढी छ। उता ब्राजिलमा पनि तीब्र फैलिरहेको संक्रमणले शुक्रबार नयाँ रेकर्ड नै बनायो।

एकै दिनमा १९ हजार ९ सय ६९ जनामा संक्रमण देखिदा १ हजार १८८ भन्दा बढीको एकैदिनमा मृत्यु भएको छ। अहिले ब्राजिलमा कुल संक्रमितको संख्या ३ लाख ३२ हजार पुग्दा २१ हजार ११६ जनाको मृत्यु भइसकेको छ।

अन्य सम्बन्धित समाचार:  ग्वाङ्जाओबाट स्वास्थ्य सामग्री ल्याइयो